शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नेदरल्याण्डस- नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको आयोजनामा दिपावली, छठ, नेपाल संम्बत र इद एकैसाथ मनाइएको छ ।

कार्यक्रम नेदरल्याण्डस्को राजधानी आमस्ट्राडाममा २१ अक्टोबरमा यहाँ बस्ने नेपाली समुदायको उपस्थितिमा शुभकामना आदान प्रदान र साँगितिक कार्यक्रम सहित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ युरोपेली संयोजक अर्जुन श्रेष्ठ, गायक हेमन्त शर्मा, स्थानिय समाजसेवीहरु शशि पौडेल, नारायण आचार्य, हरि शर्मा पौडेल, फणिन्द्र पन्तलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका अध्यक्ष दिपक रेग्मी सहभागीहरु तथा अतिथिहरुलाई स्वागत र कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने महामन्त्री उत्तम कँडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

नेपालीहरुबीच एकता र भातृत्वको भावानालाई अभिवृद्धि गर्ने यस्ता खाले कार्यक्रमहरु गरिंदै जाने नेपाली जनसम्पर्क समिति श्रोतले जनाएको छ ।

सहभागीहरुलाई विना शुल्क प्रवेश र भोजनको व्यवस्था गरिएको थियो । सहभागीहरु एक आपसमा देउसी भैलो खेल्दै गायक हेमन्त शर्माको सुमधुर संगीतमा झुमेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमले कार्यक्रमलाई सफल बनाउको लागि आर्थिक तथा सवै खाले सहयोग गर्नेहरु र कार्यक्रममा उपस्थित सवैलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

स्मरण रहोस, यसअघि नेदरल्याण्डसमा भएको दसैं कार्यक्रम आर्थिक उपार्जनको लागि गरिएको र सर्वसाधरणको पहुँच बाहिर रहेको भन्दै चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया