बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

दुबई – नेपाल पत्रकार महासंघ युएइको चौथो अधिबेशनले अर्जुन दाहाललाई पु:न अध्यक्षमा निर्बाचित गरेको छ।

युएइको बरदुबईमा १७ अक्टोबर शुक्रबारका दिन आयोजित शाखाको चौथो अधिबेशनले दाहालको अध्यक्ष्यतामा नया कार्य समितिको चयन गरेको हो।  समितिको  उपाध्यक्ष्यमा त्रिलोचन कोइराला, सचिबमा लक्ष्मण खनाल, सहसचिबमा हरि नेपाली, कोषाध्यक्षमा मेघराज सापकोटा र
सदस्यमा शेखर चापागाईं चयन भएका छन त्यस्तै एकेन्द्र थापा र भूपराज बस्याल केन्द्रीय सदस्यमा चयन भएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्ट प्रमुख अतिथि र उपाध्यक्ष खिलबहादुर भण्डारी बिशेष अतिथि रहेको सो अधिबेशनमा पूर्ब सचिब निमेष गिरीद्वारा शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै महासंघले पछिल्लो कार्यकालमा युएइमा रहेका अन्य संघसंस्थाको बिचमा विश्वसनीय बन्न सफल रहेको र उक्त क्रमलाई नयां कार्यसमितिले निरिन्तरता दिनुपर्नेमा जोड दिएका थिए। त्यस्तै पूर्ब कोषाध्यक्ष एकेन्द्र थापाले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिबेशनलाई सफल पार्न शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि डा. महेन्द्र बिष्टले प्रबासमा रहेका पत्रकारहरुले देश निर्माण तथा बिकासमा टेवा पुग्ने खालका समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का अतिथि खिलबहादुर भण्डारीले गैर पत्रकारहरुको संलग्नताले पत्रकारिता पेसा अमर्यादित भएको र पत्रकारितालाई सम्मानजनक पेसाको रुपमा बिकसित गर्नुपर्ने बताउनुभयो ।

अधिबेशनको अन्त्यमा नवनिर्बाचित अध्यक्ष्य अर्जुन दाहालले अधिबेशनलाई सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । ***

तपाईको प्रतिक्रिया