शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

कुवेत – बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका स्याङ्जावासीहरुको एक भेलाले स्याङ्जा सहयोग समाज कुवेत गठन गरेको छ ।

कुवेतमा रहेका नेपालीहरुमा आउने समस्याहरुमा सहयोग गर्ने र नेपालमा हुने दैवी प्रकोप, प्राकृति प्रकोप जस्ता विपत्तिमा सहयोग गर्ने उद्देश्यका साथ कुवेतको मालिया सुक अल कविर गार्डेनमा गत शुक्रबार बसेको भेलाले बिबि मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गरेको छ । जसको उपाध्यक्षहरुमा हुमाकान्त पाण्डे, केशव गुरुङ रहनुभएको छ । त्यस्तै सविचमा र्सवन कुमार थापा मगर, सहसचिवमा विजय ढुङ्गाना, कोषाध्यक्षमा राजन आचार्य र सहकोषाध्यक्षमा अर्जुनप्रसाद ढुङ्गाना रहनुभएको छ । अन्य सदस्यहरुमा क्रमशः डिल्लीराम पाठक, रामु भट्टराई, विक्रम शाही, रुक्मागत पाण्डे, सन्तोष कोइराला, सुनिल परियार, माधव श्रेष्ठ, झपड केसी, टेकबहादुर राना, केश गुरुङ, मनोज थापा, जमुना मल्ल र उमा गुरुङ रहनुभएको छ ।

भेलाले स्याङ्जा सहयोग समाज अर्न्तराष्ट्रिय समन्वय समितिका सदस्य ठाकुरप्रसाद पौडेल र शिव कोइराला रहने गरी २ सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिको पर्यवेक्षकहरुमा गोविन्द अधिकारी, हर्क सिङ याङवो, धावा ठोकर र केशव सुनारलाई चयन गरेको छ ।
स्याङ्जा सहयोग समाज अन्तरराष्ट्रिय समन्वय समितिको विभिन्न राष्ट्रहरुमा समितिहरु निर्माण गर्ने अभियान अर्न्तगत समितिका सल्लाहकार संयोजक चन्द्र रोकाहाको विषेश पहल र समितिका सदस्य ठाकुरप्रसाद पौडेलको सक्रियतामा सो भेला आयोजना गरिएको थियो । ***

तपाईको प्रतिक्रिया