मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

अकल्याण्ड- विश्वकप छनोट खेल खेल्न न्युजिल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राजधानी अकुल्याण्डमा भब्य स्वागत गरिएको छ । अकल्याण्ड एअरपोर्टमा एनआरएन न्यूजिल्याण्ड अन्तर्गत बनेको क्रिकेट टोली सहयोग समितिका पदाधिकारीहरु तथा सदस्यहरुले फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

आफ्नो चारवटै अभ्यास खेलमा जीत हासिल गर्दै नेपाली टोली श्रीलंकाबाट शनिवार न्युजिल्याण्ड आईपुगेको हो । टोलीमा प्रशिक्षक, खेल पदाधिकारी र खेलाडि गरेर २० जना रहेका छन् ।

झण्डै एक महिना भन्दा धेरै समय न्युजिल्याण्डमा बस्ने नेपली क्रिकेट टोलीलाई सहयोग गर्न भनेर एनआरएन न्युजिल्याण्डले सहयोग समिति गठन गरेको छ । एनआरएन न्युजिल्याडका अध्यक्ष चक्र थापाका अनुसार नेपाल न्यूजिल्याण्ड मैत्री समाजका अध्यक्ष डा. भोला प्रधानको संयोजकत्वमा सहयोग समिति गठन भएको हो । ४५ सदसस्यि यो समितिमा न्युजिल्याण्डका विभिन्न शहरहरुमा कार्यरत नेपाली समुदायका अगुवाहरु सहभागि रहेका छन् ।

विमानस्थलमा नेपाल टोलीलाई स्वागत गर्न एनआरएनका उपाध्यक्ष रेवत बस्नेत, राष्ट्रिय संयोजक तेज भट्टराई, कार्यकारी सदस्यहरु पंकज श्रेष्ठ, धावनाथ खरेल्, सुरज सापकोटा लगायत संस्थापक अध्यक्ष बावुराजा महर्जन, निवर्तमान सदस्य बिनु कर्माचार्य लगायत करिव ५० जना नेपालीहरुको उपस्थिति थियो । ट्रान्जिटको छोटो समयमा गरिएको उक्त स्वागत कार्यक्रममा न्यूजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष उद्धव अधिकारी, न्यूजिल्याण्ड नेपाली एसोसियसनका पूर्व अध्यक्ष विजय रेग्मी, वर्तमान उपाध्यक्ष राज महर्जनको पनि उपस्थिति थियो ।

यसै गरी क्राइष्टचर्चमा पनि सो टोलीलाई क्रिकेट टोली सहयोग समितिका अध्यक्ष तथा नेपाल न्यूजिल्याण्ड मैत्री समाजका अध्यक्ष एवं एनआरएनका पूर्वअध्यक्ष डा. भोला प्रधान, क्यान्टवरी विश्वविद्यालयका प्रध्यापक राजेश ढकाल सहित ३५ जना जति नेपालीहरुको उपस्थितिमा भव्य स्वागत गरिएको थियो । डा. प्रधानले उक्त अवसरमा एनआरएन न्यूजिल्याण्डको कोसेली स्वरुप न्यूजिल्याण्डमा संचार सम्पर्क बढाउन सहज होस् भनेर खेलाडी र पदाधिकारीका लागी २० वटा मोबाइल सीम कार्ड तथा आवश्यक सामग्रीहरु पनि क्रिकेट टोलीलाई हस्तान्तरण गरेका थिए ।

नेपाली टोलीले आइतवारबाट न्यूजिल्याण्डका स्थानीय क्रिकेट टोलीसंग अभ्यास खेलहरु खेल्ने छ । ***
Auckland (2) Auckland (7) DSC_0133 DSC_0148 IMG_0228 IMG_0237 IMG_0256

 

 

तपाईको प्रतिक्रिया