बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
साँस्कृतिक कार्यक्रम पनि समेटिने
कोलोराडो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा अमेरिकाको वासिङटन डिसीमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भब्य रुपमा सम्पन्न हुन गइरहेको सबैलाई बिदितै छ ।
सम्मेलनमा बृहत कबि गोष्ठी, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण, मोतिराम युवा कबि गोष्ठी, भानु द्विशतबार्शिकी समापन समारोह, विभिन्न बिषयमा विशिष्टता हासिल गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित र गौरवान्वित गर्ने विभिन्न विधाका १० जना नेपालीहरु र नेपाल र नेपालीहरुलाई विशेष सहयोग गर्ने तथा योगदान दिने ३ जना विदेशीलाई सम्मान, विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत, भानु बर्ष उत्कृष्ठ पुरस्कार लगायत नेपाली साहित्यमा बिशिष्ठ योगदान पुरयाउनु हुने महानुभावहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
यसका अतिरिक्त सम्मेलनमा मनोरंजन प्रदान गर्न लोकप्रिय युवा गायक यश कुमार, ख्याती प्राप्त गायिका नलिना चित्रकार, बरिस्ठ लोकगायक प्रेमराजा महत, मंजु पुन र ख्याती प्राप्त पपगायक संजिब प्रधानको उपस्थिति रहने कार्यक्रम रहेको छ ।
यी सबै लोकप्रिय र ख्यातीप्राप्त कलाकारहरुको सुमधर गीतहरुले सम्मेलनमा सुनमा सुगन्ध थप्ने निश्चित भएको छ । यसरी सम्मेलन भव्यरुपमा एतिहासिक र बिशेष महत्वका साथ सम्पन्न हुने आयोजक र सबै पक्षबाट विश्वास लिईएको छ । ***

तपाईको प्रतिक्रिया