बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
टोकियो – बहराइनमा नेपाली राजदूतावास कार्यालयको हालै उदघाटन गरिएको छ । 
बहराईनका लागि नवनियुक्त कार्यबाहक राजदूत डा. दुर्गाबहादुर सुबेदीले यहि २०७० आश्विन २८ गते बिहान वियजादशमीका दिन एक बिशेष समारोहकाबीच बहराईनको राजधानी मनामाको जुफेर नगरमा स्थापित नेपाली राजदूतावास कार्यालयको उदघाटन गर्नुभएको हो ।
IMG_1397
कार्यबाहक राजदूत डा. सुबेदीले मंगलधुन र बहराइनमा कार्यरत नेपाली पण्डितहरुको बैदिक मन्त्रोच्चारणसहित नेपाली, अंग्रेजी र अरवी भाषामा लेखिएको संकेत पाटीको अनावरण गर्नुकासाथै नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी राजदूताबास कार्यालयको उदघाटन गर्नुभएको थियो ।
बहराईनको राजधानी मनामामा गत भाद्र १६ अर्थात १ सेप्टेम्बर २०१३ देखि नेपाली दूतावास स्थापना भई सेवा सञ्चालनमा आएको हो ।
उक्त उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यबाहक राजदूत डा. सुबेदीले नेपाल र बहराईनबीच १४ जनवरी १९७७ मा दौत्य सम्बन्ध स्थापना भएको र दौत्य सम्बन्ध स्थापना भएको ३६ बर्ष पछि बहराईनमा नेपाली राजदूताबास स्थापना हुन सकेको बताउनुभयो । नेपाल र बहराईन दुई घनिष्ट मित्र राष्ट्र भएको चर्चा गर्दै डा. सुबेदीले बिभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय रंगमंचहरुमा यी दुई मित्र राष्ट्रहरुले पारस्परिक सहकार्य एवं सहयोग आदानप्रदान गर्दै आएको बिचार ब्यक्त गर्नुभएको थियो ।
दुबसु नामबाट साहित्यकारकारुपमा पनि चिरपरिचित डा. सुबेदी यस अघि नेपाली राजदूतावास टोकियो जापानमा उपनियोग प्रमुखकारुपमा कार्यरत हुनुहुन्थ्यो । ***
IMG_1417IMG_1538

तपाईको प्रतिक्रिया