बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सोल- दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् ।

डोटी घर भएका २३ वर्षीय मोहन विष्टले शनिवार साँझ पाँच वजे झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । कोरियास्थित ह्वासाङ सीको साछुल (प्लाष्टिक) कम्पनीमा कार्यरत विष्टलाई सोही कम्पनीमा कार्यरत थाइल्याण्ड नागरिकले झुण्डिएको अवस्थामा भेटाएका थिए । कम्पनी पछाडिको एक जंगलमा कटुस टिप्न जादा थाइल्याण्ड नागरिकले उनलाई झुण्डिएको अवस्थामा फेला पारेका हुन् ।

सो दृश्य देखे लगत्तै उनले कम्पनी मालिक र प्रहरीलाई घटनाको वारेमा जानकारी गराएका थिए । विष्टलाई पोष्टमार्टमस तथा आवश्यक अनुसन्धानका लागि प्रहरीको जिम्मामा ह्वासङ सी नजिकैको हस्पिटलमा राखिएको समाजसेवी वुद्धि गुरुङले वताए ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत चार महिना अगाडि उनी कोरिया प्रवेश गरेका थिए । सो कम्पनीमा हाल तीन जना नेपाली कार्यरत छन् । ***

तपाईको प्रतिक्रिया