शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

दुबई-बडा दशै २०७० को उपलक्ष्यमा युएइ एक्सचेन्ज दुबईको आयोजनामा दशै संगीत साँझ (Dashain musical night) साथ सम्पन्न भएको छ ।

नेपाली समुदायहरुको बाहुल्यता रहेको दुबईमा गत १९ सेप्टेम्बरमा सो कार्यक्रमको कार्यक्रम सम्पन भएको थियो । सो सांगीतिक साँझमा दुबईमा रहनुभएका संगीत प्रेमी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो  । उक्त सांगीतिक कार्यक्रम मा ख्यातिप्राप्त गायककार सुमन उदय, डीजे फराह सहितका ब्यान्डले दर्शकहरुलाइ भरपूर मनोरन्जन दिएका थिए । करीब पांच हजार दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रम ४ घण्टा सम्म सञ्चालन भएको थियो । यूएइ एक्सचेन्जको आयोजनामा यति धेरै दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संभाबत दुबई मै पहिलो भएको आयोजकको ठम्याइ छ । युएइ एक्सचेन्जले पनी नेपालीहरुको चाडलाई प्रमुखता दिएर आयोजना गरेको कार्यक्रमले नेपालीहरुलाई थप प्रोत्साहन मिलेको छ ।dubai dubai2 dubai3

 

तपाईको प्रतिक्रिया