शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

uae mao

दुबई (युएई)- समाजमा बाँच्नको लागि अनुशासन नभई नहुने र ‘अनुशासन मानवताको अमूल्य गहना हो’ भन्ने नाराका साथ अन्याय र असमानताको बिरुद्ध अभियान चलाउने हेतुले बि.स. २०६७ मा अर्घाखाँची जिल्लाबाट डिआरजी सुमनको अध्यक्षतामा स्थापना गरिएको प्रगतिशील मञ्च नेपाल, युएईको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा प्रगतिशील मञ्च नेपाल परराष्ट्र प्रमुख विमल घले रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रगतिशील मञ्च नेपाल, युएईका अध्यक्ष छविलाल खनालले गर्नु भएको थियो । बिशेष अतिथिमा अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का र अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई ईश्वरी पन्थीले सञ्चालन गरेको थियो । प्रमुख अतिथि विमल घलेको मन्तव्यबाट थालनी भए लगत्तै क्रमशस् रुपमा आ-आफ्नो भनाईहरु राख्नेहरुमा प्रगतिशील मञ्च नेपाल, युएईका अध्यक्ष छविलाल खनालले, नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का र लुम्बिनी वल्फेयर सोसाइटी युएईका अध्यक्ष डियल शर्मा रहेका थिए ।

त्यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना जिज्ञासाहरु राख्दै युएईस्थित सञ्चालनमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै बृहद् रुपले अगाडि लैजाने तर्फ जोड दिएका थिए । युएईस्थित शाखाको रुपमा सञ्चालनका लागि छविलालको अध्यक्षतामा कोषाध्यक्ष र सचिवको पद पछि थप्नेगरी २१ सदस्यीय प्रगतिशील मञ्च नेपाल, युएईको कार्यसमिति गठन गरेको छ ।

जसमा क्रमशः अध्यक्षतामा छविलाल खनाल, उपाध्यक्षमा दीपककुमार राई र माधव पौडेल रहेका छन् भने अन्य सदस्यहरुमा रमेश बिक, घनश्याम लामा, बिरेन्द्र बिक, अजय गुरुङ, नरेन्द्र भण्डारी, महेन्द्रसिंह लामा, सुवास घिमिरे, गोपाल न्यौपाने, रविलाल खनाल र मनोज आचार्यलाई चयन गरेका छन् । त्यसैगरी सल्लाहकारहरुमा राजु खड्का, पिताम्बर पाण्डे, विमल घले, ईश्वरी पंथ र यम घर्ती रहेको छ ।

तपाईको प्रतिक्रिया