शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
दोहा – कतार सरकारले लेबर भिसामा आएर चालकको काम गर्न पाउने ब्यबस्थालाई हटाएको छ ।  पेशा अनुसारको भिसामा यहाँ नपठाएका चालकहरुले गाडी चलाउन नपाएपछि स्वदेश फर्कन बाध्य भएका छन् ।
श्रम सहचारी इन्द्रदेब पाण्डेका अनुसार नयाँ नियम आएपछि लेबर भिसामा आउने चालकहरु मारमा परेका हुन् । कतार सरकारले लेबर भिसामा आएका कामदारलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) नदिने भएपछि उनीहरु र्फकन बाध्य हुनुपरेको हो । ‘अब चालकमा आउने भए भिसामा पनि चालक नै हुनुपर्छ’, उनले भने, ‘त्यो भन्दा अर्को भिसामा आउनेले गाडी चलाउन पाइदैन् ।’
कतारमा सवारी चलाउने काममा नेपालीहरु उल्लेख छ । यहाँ सवारी चालक देखि हृयावीसम्म काम गर्नेलाई न्युनतम १४ सय रियाल देखि २२ सय रियालसम्म तोकिएको नेपाली दुताबासले जनाएको छ ।
स्वदेश र्फकनु पर्ने पहिलो शिकारमा अलसहेली म्यानपावर (८९३) बाट आएका चालकहरु परेका छन् । साउदी अरब, भारत र नेपालमा सवारी साधान चलाएका अनुभबी र सिपाली डाइभरहरुलाई अलसहेलीले लेबर भिसामा पठाएको थियो । मंगलबार राती पाँच जना (बुधराम घर्तीमगर, राजु सिल्वाल, मदन अर्याल, सानुकान्छा भुजेल, अर्जुन बलामी) फर्किएका छन् । उनीहरुलाई कम्पनी आफैले टिकट उपलब्ध गराएको हो ।
सोही म्यानपावरबाट आएका पुर्णबहादुर बुढा, हिराबहादुर कार्की, ज्ञानबाहदुर केसी, सूर्यबहादुर तामाङ, रामबहादुर लामा, रमेशकानु बानिया अगस्ट ५ तारिख जाने भएका छन् । उनीहरु आफैले टिकट काटेका हुन् । रामबिरप्रसाद आर्चाय, अशोककुमार गिरी, शंकर शिबाकोटीको भने टिकट निश्चित भएको छैन् ।
गएको फेवु्रअरीमै आएका उनीहरुलाई कम्पनीले डाइभरको लागि स्कुल नपठाई लेबर, हेल्परको काम गर्न लगाएपछि कतार सरकारले नयाँ नियमको मारमा परेका हुन् । पीडितहरुलाई क्षतिपुर्ति दिलाइदिन नेपाली दुताबासले बैदेशिक रोजगार बिभागलाई पत्र लेखेको छ । ‘हामी ड्राइभरमा काम गर्न आएका थियौं’, ८० हजार तिरेर आएका टिकापुरका बुधराम घर्ती मगरले भने, ‘कामबिना बेखर्ची भएर र्फकनु पर्दा दुःख लागेको छ ।’ अपरेटरमा आएका सल्यानका पुर्णबहादुर बुढामगरलाई सावेल उठाउन लगाएपछि आफुहरुले काम छाडेर दुताबास हुदै लेबर कोर्टमा मुद्दा मामिला गर्न पुगेका थिए । लेबर कोर्टले स्वदेश फर्काउन आदेश दिएकोले कम्पनी राजी भएको हो ।
यसैगरी डाइनामिक, सेकुर म्यानपावर रिकुटमेन्ट (८२३), प्रयास म्यानपवारबाट लिबर भिसामा आएका चितवनका सुकबहादुर घले, सिन्धुपाल्चोकका कुमार श्रेष्ठ, मोरङका बीरबहादुर भुजेल, रामेछापका भरत घिसिङले नेपाली दुताबासमा उजुरी हालेका छन् । उनीहरु सबै जना ड्राइभरको काममा आएका हुन् ।

तपाईको प्रतिक्रिया