शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
भोजपुर, श्रावण ७ – विद्युत् प्राधिकरणले उपभोक्ताको पहुँचमा विद्युत् महसुल काउन्टर नराख्दा भोजपुरको ग्रामीण भेगका बासिन्दा न्यूनतम महसुल बुझाउन सदरमुकाम धाउन बाध्य छन् । उनीहरूले सर्वसाधारणलाई दुई चार घन्टा हिँडेर पुग्ने ठाउँसम्म काउन्टर राख्न माग गरेका छन् ।
जिल्लाको उत्तरी भेगका दिङ्ला, भmयाउपोखरी, साङपाङ, बोया, हेलौंछा, पूर्वी क्षेत्रका चम्पे, प्याउली, चरम्बी, याकु, तिवारीभञ्ज्याङ, श्यामसिला लगायत विभिन्न गाविसका बासिन्दाले आ-आपmनो क्षेत्रमा महसुल काउन्टर राख्न प्राधिकरणसित माग गरेका हुन् । सदरमुकामभन्दा टाढाका बासिन्दाले भोजपुर सदरमुकाममा रहेको विद्युत् प्राधिकरणको कार्यालयमा महसुल बुझाउन आउँदा कम्तीमा १ हजार ६ सय रुपैयाँभन्दा बढी खर्च हुने गरेको गुनासो गरेका छन् । गाउँमा प्रायः न्यूनतम युनिट ८० रुपैयाँमात्र महसुलको बील आउने गरेको छ । त्यही मासिक महसुल तिर्नका लागि सदरमुकाम आउँदा जाँदा गाडी भाडा १ हजार र खान बस्नका लागि दैनिक ३ सय गरी १ हजार ६ सय खर्च हुने गरेको विद्युत् उपभोक्ता चम्पेका नारायण आचार्यले बताए ।
विद्युत् उपभोक्ताले स्थलगत रूपमा दक्ष प्राविधिक जनशक्तिसहित कार्यालय भए आपmनो समस्या सुनुवाइ हुने आशा गरेका छन् । सदरमुकाम आउन एक दिन र विद्युत् महसुल तिरेर फकर्ंदा एक दिन लाग्ने गरेको याकुका मणि राईले बताए । ‘हामी त महसुल नतिरे जरिवाना लाग्ने, विद्युत् लाइन काटिने डरले बढी खर्च गरेरै भए पनि महसुल तिर्न आउँछौं,’ मणि राईले भने, ‘नजिकै विद्युत् महसुल काउन्टर राखिदिए उपभोक्ताको कल्याण हुन्छ ।’ पूर्वी भेगका बासिन्दाले जरायोटार, श्यामसिला र उतरी क्षेत्रमा दिंलामा काउन्टर राख्नुपर्ने माग राखेको प्राधिकरणमा ज्ञापनपत्र बुझाउन आएका नारायण आचार्यले बताए ।
उनीहरूले सर्वसाधारणको मागलाई बेवास्ता गर्दै प्राधिकरणका कर्मचारी, स्थलगत प्राविधिक कर्मचारीलेसमेत गम्भीर नभई उपभोक्तालाई दुःख दिने गरेको अर्का उपभोक्ता श्यामसिलाका हरिप्रसाद राईले गुनासो गरे ।

तपाईको प्रतिक्रिया