बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मोरङ – बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीय बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ ।
झापा खुदनाबारी-१ सिस्नेकी एघार वर्षीय बालिकाले बुधबार कोशी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो ।
विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो ।
समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोशी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् ।
शिशुलाई जन्मदिने एघार वर्षीय बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको संरक्षणमा छिन् ।
बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन ।

तपाईको प्रतिक्रिया