बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

दमक-झापा जिल्लाको दमक नगरपालिका वडा नं. १५ मा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । 
चिया दोकानमा आज बिहान ३:३० बजे स्थानीय ४० वर्षीय भुपाल राईले ३५ वर्षीय आफ्नी श्रीमती गङ्गा राईलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
अत्यधिक मादक पदार्थ सेवन गरेका उनले अचानक बिहान श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय दमकले हत्याको कारण भने अझै खुलिनसकेको जनाएको छ ।
हत्यापछि भुपाल फरार रहेका छन् । फरार भुपालको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया