बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
DSCN1024फ्रान्स (पेरिस)- पेरिसस्थित नेपाली राजदूतावासले मंगलवार २८ मे २०१३ का दिन छैटौँ गणतन्त्र दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गर्‍यो ।
सो अवसरमा हाल पेरिसमा रहनु भएका कृषि विकास तथा बन तथा भूसंरक्षण मन्त्री टेकबहादुर थापा घर्तीको उपस्थिति थियो । साथै  फ्रेन्च परराष्ट्र्र मन्त्रालयका प्रतिनिधि, सार्क तथा अन्य देशका राजदूतहरु, नेपालका लागि फ्रान्सका पूर्व राजदूत, प्रोफेसर, आर्टिष्ट, नेपाली सघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु, युनेस्को तथा फ्रेन्च कम्पनीहरुमा कार्यरत नेपाली प्रोफेसनलहरु, विद्यार्थी, व्यापारिहरु तथा लामो समयदेखि वसोवास गर्दै आएका नेपालीहरु तथा अन्य फ्रेन्चका उपस्थिति थियो ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ तथा श्रीमती सजना श्रेष्ठले स्वागत गर्नुभयो । कार्यक्रममा ज्ञात तथा अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण गरियो । त्यसपछि राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुआत गरियो । । साथै साँझ दिपावली पनि गरिएको थियो ।
राजदूत श्रेष्ठले सवै पाहुनाहरुलाई  स्वागत गर्नु हुँदै सवैको सुख, सुस्वास्थ तथा उत्तरोतर प्रगतिको लागि शुभकामना दिनु भयो । राजदूत श्रेष्ठले नेपालको विभिन्न पक्षहरुको संक्षिप्त चिनारी प्रस्तुत गर्नुका साथै नेपालमा अपार जलश्रोत भएकोले सोको सदुपयोगवाट नेपाल पनि एक धनी राष्ट्र हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
हेमन्त उपाध्यायले नेपाली सघसंस्थाहरुको तर्फवाट स्वागत मन्तव्य प्रस्तुत गरेको थियो । फ्रेन्च परराष्ट्र्र मन्त्रालयका प्रतिनिधि श्रीजां रोम्निसियानुले फ्रान्समा पटक पटक गरी गणतन्त्रको जग बस्न लामो समय लागेको बताउनुभयो ।
मन्त्री घर्तीले विशेष परिस्थितीमा हालको सरकार आ्रएको र सरकारले जनतालाई चुस्त प्रशासन दिई उपयुक्त समयमा चुनाव सम्पन्न गर्नका लागि प्रयत्नरत रहेको बताउनुभयो ।
कार्यक्रमको अन्तमा नेपाली खानाको प्रस्तुति गरिएकोमा सवैले खुशीसाथ ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया