बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
raja ghaleकाठमाडौं- नेपाली व्यवसायी एवं समाजसेवी राजा घले ‘हिरो अफ दि इयर–२०१३’ द्वारा सम्मानित भएका छन् ।
नेपाली समुदायको भलाइका लागि सक्रिय भएको भन्दै घलेलाई नेप्लिज एसोसिएसन अफ जर्जियाले सो सम्मान प्रदान गरेको हो । संस्थाको वार्षिक भेलाको अवसरमा हालै एटलान्टामा आयोजित एक कार्यक्रममा घलेलाई सो सम्मान प्रदान गरिएको हो । सो अवसरमा स्थानीय बुद्धिजीवीद्वय डा.प्रह्लाद पन्त र रामचन्द्र बरालले घलेलाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।
संस्थाले सम्मान प्रदान गरेकोमा आभार व्यक्त गर्दै घलेले आजीवन समाजसेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले संस्थाका नवनिर्वाचित अधिकारीलाई शुभकामना दिँदै भविष्यमा निःस्वार्थ भएर काम गर्न सल्लाह दिए । घलेले स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ÷संस्थामा आबद्ध भई सामाजिक कार्यमा आफूलाई आबद्ध बनाउँदै आएका छन् ।
एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) का महासचिवसमेत रहेका घलेले अमेरिकी संस्था नेप्लिज एसोसिएसन इन साउथ इस्ट एसिया (नासा) को अध्यक्ष भएर योगदान दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया