बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

mobileपोखरा-कैयौं वर्षेखिको पुरानो अनि कतिपय आवाज नै प्रष्ट नसुनिने संचार सेट प्रयोग गर्दै आएका कास्कीका प्रहरीले यतिखेर नेपालमै पहिलोपटक प्रयोगमा आएको डिजिटल ट्रंकिङ सिस्टमको प्रयोग शुरु गरेका छन् । छिमेकी राष्ट्र चीन सरकारको सहयोगमा उपलब्ध नयाँ प्रविधिको नेपालका लागि चिनियाँ राजदूत हु चुन ताई र नेपाल प्रहरीका महानिर्देशक कुवेर सिंह रानाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पोखराको पर्यटकीय स्थल सराङकोटमा सोलार सिस्टम सहितको टावर राखिएको उक्त नयाँ प्रविधिको उद्घाटन क्रममा महानिरीक्षक रानाले कास्की प्रहरीको डेल्टा कन्ट्रोलमा सम्पर्क गरी ट्रंकिङ सिस्टम शुरु गरेका थिए ।
नयाँ प्रविधिको प्रयोगसँगसँगै अपराधका घट्नाहरुमा कमी आउने र प्रहरीको कार्यदक्षतासँगै क्षमता पनि बढाउने नेपाली प्रहरीले आशा गरेको छ । यो प्रविधीले लगभग मोवाइल फोनको जस्तै काम गर्ने र कुन सेट कुन स्थानमा रहेको छ र कसले प्रयोग गरेको छ भन्ने कुरा समेत थाहा पाउन सकिन्छ । जीपीआरएस सिस्टम सहितको प्रविधीको प्रयोगसँगै प्रहरीले झुटो रिपोटिङ्ग गर्न नपाउने भएका छन् । विगतका दिनहरुमा एक स्थानमा रहेको प्रहरीले अर्को स्थानमा रहेको भन्दै ढाँटने गरेपनि अव यो प्रविधिको प्रयोग पछि त्यस्तो गर्न नमिल्ने भएको छ ।
यो नयाँ प्रविधिमा एसएमएस सँगसँगै आवाज रेकर्ड गर्न मिल्ने, अन अफसँगसँगै कसले कहाँ प्रयोग गर्‍यो सबै थाहा पाउन सकिन्छ । त्यसैगरी प्रयोगकर्ताले एक वा समूह दुवैसँग एकै पटक कुरा गर्न समेत मिल्ने र कुनै घटना घटेको छ भने घटनास्थल भन्दा नजिक कुन प्रहरी कार्यालय वा चौकी छ भनेर तत्कालै थाहा पाउन सकिने भएकोले घटनाको बारेमा छिटो भन्दा छिटो अन्य प्रहरीहरुलाई जानकारी गराउन पनि सकिने भएको छ ।
पहिलो चरण अन्तरगत पोखरामा शुरु गरिएको यो प्रविधि छिटै अन्य क्षेत्रहरु लगायत काठमाडौं उपत्याकामा पनि सञ्चालनमा ल्याईने भएको छ । करीव ३० करोडको सहयोगमा चीन सरकारले दुइ हजारवटा सेट उपलब्ध गराएकोमा पोखरामा दुइसय वटा सेट प्रयोगमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया