शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
paras sahकाठमाडौं- गत फागुन ८ गते थाइल्यान्डको समितिभेज सुखुम्भित अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारसविक्रम शाहलाई आज सामान्य वार्डमा सारिएको छ । उनका सबै मुख्य अङ्ग स्थिर रहेको अस्पतालका मुटुरोग विशेषज्ञ डा सायन चिपुडोम्वितले जारी गरिएको पछिल्लो स्वास्थ्यस्थितिमा जनाइएको छ।
उनको हृदयगति रोकावटको लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले गर्ने काम सामान्य अवस्थामा आएको तथा नसासम्बन्धी दुर्बलता भने आंशिक रुपमा रहेको बताइएको छ।
त्यस्तै टाउकाको एमआरआइ सामान्य रहेको छ। उनलाई लामो अवधिको उपचार गरिनुपर्ने पनि जनाइएको छ।
डेढसाताअघि चिकित्सकले बाबु ज्ञानेन्द्र, आमा कोमल, पत्नी हिमानी, बहिनी प्रेरणा लगायत परिवारजन तथा आफन्त बैंकक आएका थिए ।
उनीहरुमध्ये आमा कोमल मंगलबार नाति र १ नातिनीका साथ नेपाल फर्किसकेकी छिन् भने बाबु ज्ञानेन्द्र बैंककमै छन् । डा. राजीव शाही पनि नेपाल फर्किसकेका छन् । चिकित्सकले शाहलाई भेट्न परिवारजनबाहेक अन्य कसैलाई दिएका छैनन् ।

तपाईको प्रतिक्रिया