शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
khilrajकाठमाडौ- अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा बसेको पहिलो बैठकले संक्रमणकालमा चुनाव गराउने जस्तो प्रमुख जिम्मेवारी दिएकोमा प्रमुख राजनीतिक दलहरुप्रति धन्यवाद प्रदान गरेको छ ।
सरकार प्रमुख प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले स्वच्छ र भयमुक्त वातावरणमा निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्दै सबै दललाई निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ। त्यसैगरी बैठकले जथाभावी रुपमा वितरण गरिने आर्थिक सहायता वितरण तत्काल रोकी मापदण्डअनुसार मात्रै त्यस्ता सहायता वितरण गर्ने निर्णय गरेको छ।
बैठकले निर्वाचनबाटै निकास आउने भएकाले सम्पूर्ण राजनीतिक दललाई चुनावमा होमिन आग्रह समेत गरेको छ ।
निर्वाचनका राजनीतिक दल, नागरिक समाज र प्रेस जगत लगायत सबैलाई सहयोगको वातावरण बनाउन आग्रह गरिएको छ । बैठकले शक्ति पृथकिकरणको सिद्धान्तलाई आत्मसात गर्दै मानवअधिकारको रक्षा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव हटाउन र तत्काल सहज आपूर्तिका लागि मुख्य सचिव, गृह अर्थ, वाणिज्य सचिव र उद्योग वाणिज्य संघका पदाधिकारी सहितको समितिलाई काम गर्न निर्देशन दिएको छ ।
सबै मन्त्रालयहरुलाई अहिलेसम्मका कार्य प्रगति विवरण र आगामी कार्ययोजना प्रस्तुत गर्न पनि बैठकले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया