शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
kamal thapaइलाम- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीले चार दलको घेराबन्दीबाट आफूलाई मुक्त गराउन सके निर्वाचन सम्भव भएको बताएका छन् ।
उनले इलाम सदरमुकाममा आज आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको पूर्वाञ्चल भेलालाई सम्बोधन गर्दै चुनावी सरकार गठन भइसक्दा पनि देश एकढिक्का हुन नसकेको बताए।
उनले गम्भीर चुनौति लिएर प्रधानमन्त्री बनेका खिलराज रेग्मीलाई कार्यकालको शुभकामना पनि दिए। थापाले चुनाव आवश्यक रहेको राप्रपा नेपालको धारणा रहेको बताए। उनले भने ‘तर, खिलराज रेग्मीले चार दलको अरौटे-भरौटे बन्नु हुँदैन। रेग्मीले चार दलको घेराबन्दीबाट निस्कनुपर्छ।’
राष्ट्रियता बचाउन राजा र प्रजा दुवै चाहिने धारणा राख्दै अबको राजतन्त्र निरंकुश नभएर गणतन्त्रवादीले पनि मान्न सक्ने मौलिक प्रकारको हुनु पर्ने बताए । राप्रपा पार्टी मात्र नभएर राष्ट्रियता र प्रजातन्त्रको अभियान भएको दावी गर्दै अध्यक्ष थापाले राष्ट्रियता गम्भीर मोडमा पुगेकाले सबैले एक भएर लाग्नु पर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया