बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
arjunकाठमाडौं- नायक एवम् निर्माता अर्जुन कार्कीले सम्पुर्ण नेपाली कलाकारहरुको प्रतिनिधित्व गर्दे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
उहाँले सर्वोच्च शिखर सगरमाथामा नेपाल सहित चलचित्र कलाकार संघको झण्डा फहराउने पनि निर्माता कार्कीले जानकारी दिनुभयो ।
उहाँले यही चैत ५ गतेदेखि पशुपति मन्दिर परिसरबाट आफ्नो यात्रा प्रारम्भ गर्नेछन् । पशुपति परिसरदेखि सगरमाथा सम्मको यात्रा ७५ दिनको रहने जनाइएको छ ।
निर्माता कार्कीको सगरमाथा यात्रा ‘बाल शोषण, महिला हिंसा, यौन दुराचार कलंकीत यो मानव जाती, रोकौ सद् ब्यावहार’ले भन्ने नारामा केन्द्रित रहनेछ ।
उहाँले भन्नुभयो, मैले सगरमाथा चढ्ने योजना तत्कालको भने होइन्, लामो समयको प्रयास पछि आज मेरो सपना पुरा हुने देखेको छु खुसी हुदै भन्नुभयो । अझै हिमालको टुप्पोमा पुगेर नफर्किएसम्म संधर्ष जारी नै छ ।
निर्माता कार्कीले सगरमाथा आरोहणको बजेट ४५ लाख छुट्याइएको पनि बताउनुभयो । उहाँले यो बजेट कुनै संघसंस्थाको अनुदान नदिएको बताउदै केही नजिकको साथीभाईले उत्साहले दिएको बताउनुभयो ।
उहाँले भन्नुभया, यो रकम म सिनेमामा पनि लगानी गर्न सक्थे तर सिनेमा निर्माण गुर्नमा भन्दा सर्बोच्च शिखर सगरमाथामा पाइला राख्नुको आनन्द नै बेग्लै छ ।
चलचित्र ‘बजार’को निर्माण गरि आफ्नो चलचित्र यात्रा सुरु गरेका कार्कीले करीव डेढ दर्जन सिनेमाहरुमा अभिनय गरिसकेका छन् । उहाँको अभिनित सिनेमा ‘बरदान’ यही फागुन २५ गते प्रर्दशनमा आउने भएको छ  ।

तपाईको प्रतिक्रिया