शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

20130226-010905.jpg
नियतिको प्रहारले, गिरेकी नारी हुँ म
समयले हर पल, पिरेकी नारी हुँ म

रोजगारी नहुँदा, आफ्नो देशमा अनि त
प्रबासमा काम खोज्दै, फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको, उज्जल भबिस्यको
चाहनाले इजरायलमा, छिरेकी नारी हुँ म
मार खेप्न नसकेर, गरिवीमा धनको
बदलामा खुन पैचो, तिरेकी नारी हुँ म

स्वाबलम्बी हुँदा पनि, बाध्यतामा अल्झेर
आफ्नै हातले स्वाभिमान, चिरेकी नारी हुँ म
प्रदेशमा छुर पनि, देशकै माया प्रेम
हृदयको कुना भित्र, भिरेकी नारी हुँ म

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

तपाईको प्रतिक्रिया