शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
oskarन्यूयोर्क- चलचित्र क्षेत्रको सवैभन्दा ठूलो पुरस्कार ओष्कार अवार्ड २०१३ मा उत्कृष्ट अभिनेताको पुरस्कार डेनियल डे लेविसले जितेका छन् ।
ओष्कार इतिहासमा उत्कृष्ट अभिनेताका रुपमा ३ वटा पुरस्कार जितेर उनले किर्तीमान राखेका छन् । ५५ वर्षे लेविस वेलायति अभिनेत्री जिल बाल्कन र कवि सेसिल डेका छोरा हुन् ।
अमेरिकाको लस एन्जल्समा जारी ओष्कार पुरस्कार घोषणा सभामा उनलाई उत्कृष्ट अभिनेताका रूपमा चयन गरिएको हो ।
यस्तै, जेनिफर लरेन्सले उत्कृष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छिन् । २२ वर्षीय लरेन्स अमेरिकी अभिनेत्री हुन् ।

तपाईको प्रतिक्रिया