बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

GetAttachment

शिवको बास हिमालय सगरमाथा चुचुरो गजुर हाम्रो,

जनक जानकी कै जन्म भुमी नेपालको गर्व रे ।

पुराण कै कथा लाग्छ शान्ती कै उत्पत्ति स्थल बुद्धको देश रे ।
आफ्नै दाजु भाईका हात खुट्टा काटेका छन्,
दिदी बहिनीलाइ बलात्कार गरेकाछन शान्ती प्रिय नेपाली रे ।
अब कसोरी,
शान्तीको सन्देस दिनु ?
नेपालीहरु वीर छन् बफादार छन् रे ।
आफ्नै दाजु भाइहरुलाई लुटेका छन्, मारेका छन्,
अपहरण गरेका छन्,
अब कसरी छवी बचाउनु ?
नेपालीको भावनामा पैरो गएको छ,
सोझा साझालाई मीठो सपना देखाउदै,
हिजोका सुदामा आज कुबेर भएका छन् ।
लंगोटी लगाएर हिडथे-झन्डा फहराई हिडछन्,
गिद्धको झुण्ड लाइ-हंस भनि सम्झेछौँ ,
जो राजधानी माथी उडी नेपाललाई लुछी रहेकाछन,
दोष कसलाई दिनु ।
आफै ऐनामा आँखा जुधाउन,
हिम्मत भएन अब ।
उसको होस्टेमा हैंसे न गरेको भए,
हाम्रो सभ्यता त बाच्ने नै थियो होला  ।
अब आफ्नै शिष्टाचार सौजन्यता र शालीनता ले,
छाडेर जाला भनि
त्रसित छु ।
एउटा खुट्टो मृत्युको दैलोमा,
पुग्दा पुग्दै पनि,
बलिन्द्र आँशु चुहाउँदै पर्खी बसेछु,
कसले फर्काउला
गौरव हाम्रो ।।

 

तपाईको प्रतिक्रिया