बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
pirambarकाठमाडौं–  प्रा पीताम्बर शर्मा दाहालद्वारा रचित ‘स्नेहधारा’ काव्य राजधानीमा लोकार्पण गरिएको छ ।
भानुभक्त अयोध्यादेवी दाहाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा  प्रा डा वासुदेव त्रिपाठीले अनुष्टुपलगायत विभिन्न छन्दको प्रयोग गरी लेखिएका काव्य बेग्लै स्वादको हुने र त्यो  रुचिकर हुने बताउनुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवि दाहाल राम्रा चिन्तन प्रवाहित गर्ते रसवादी कवि र सृष्टि सौन्दर्यका गायक र मनमाधुर्यका नायकका रुपमा देखिनुहुन्छ भन्नुभयो ।
समालोचक प्रा डा खेमनाथ कोइरालाले ‘स्नेहधारा’ डायस्पोरा महाकाव्य नै  हो भन्दै कृति कवि दाहालका आफ्नै अनुभव र त्यसबाट उत्प्रेरित चिन्तनको प्रतिफलका रुपमा आएको बताउनुभयो ।
प्रा प्रयागराज ‘वाशिष्ठ’ले काव्यमा विशेष चर्चित संस्कृत छन्दमध्येका १४ छन्दमा १४ ओटै सन्दर्भलाई ३११ श्लोकमा विस्तारित गरिएको  बताउनुभयो । कृतिमा एसिया, अस्ट्रेलिया र अमेरिकाका सन्दर्भ अनुभवलाई समेटिएको मनोजगतको करुण र श्रृङ्गार तथा विस्मयको भावलाई चित्रण गर्नुभएको छ ।
कार्यक्रममा आयोजक प्रतिष्ठानले आमाघरकी संरक्षिका समाजसेवी दिलशोभा श्रेष्ठलाई रु २० हजार १११ सहित  सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया