शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
bernardoब्राजिल- बिमारीले अशक्त बनाएपछि आमा ओछ्यानमा छटपटिएकी छन् । उपचारखर्च जुटाउने सामर्थ उनीहरूसँग छैन । जीविका टार्नै धौ–धौ पर्ने अवस्थामा पुगेका उनीहरू एक्स्ट्रा खर्च त अलिकति पनि निकाल्न सक्दैनन् । न सहयोग गर्ने आफन्त छन् न त रकमको जोहो गर्न सक्ने अन्य विकल्प । दैनिक काम गरेर आएको रकमले आमाको उपचारको एक छेउ पनि भेट्दैन । यस्तो अवस्थामा एक किशोरी छोरीले केचाहिँ गर्न सक्ली र ? आफन्त गुहार्ली वा साहुसँग झोली फिँजाएर ऋण माग्दै आमाको जीवनदानको अपिल गर्ली । तर, ब्राजिलकी एक किशोरीले आमाको जीवनरक्षाका लागि आफ्नो कुमारीत्व बेच्ने तयारी गरेकी छन् । उनले अहिले आफ्नो कुमारीत्व लिलामीमा राखेकी छन्, इन्टरनेटमा उनको यौवनको मोलमोलाइ चलिरहेको छ ।
आफूलाई संसार देखाउने आमाको उपचारका लागि रकमको जोहो गर्न धौ–धौ भएपछि ब्राजिलकी रेबेका वेर्नाडोले आफ्नो कुमारीत्व बेच्न टेन्डर आह्वान गरेकी हुन् । उनले युटुबमा भिडियो राखेर कुमारित्व लिलामीको घोषणा गरेकी छन् । भिडियो अपलोड गरेपछि उनलाई देख्ने मान्छेहरूले खिसी गरेर एक–एक डलर फालिदिएको समेत जनाइएको छ । तर, उनले भर्जिनिटी लिलामीमा राख्नुपरेकोमा कुनै पछुतो मानेकी छैनन् । ‘मेरी आमाको उपचार खर्च जुटाउन वेटरको काम पनि गरेँ तर खर्च धानेन’ उनले भनेकी छिन्, ‘आमाको जीवनभन्दा मेरो भर्जिनीटि महत्त्वपूर्ण होइन ।’ स्ट्रोक रोगबाट थलिएकी आमाको उपचारको लागि उनले वेट्रेसको काम पनि गरेकी थिइन् । तर, ओछ्यान परेकी आमालाई राम्रो उपचारको लागि खर्च नै अपुग भएपछि आफूले १८ वर्षको जन्मदिन परेकै दिनै कुमारित्व लिलामी गर्ने निर्णय गरेको उनले बताएकी छिन् । ब्राजिलमा १८ वर्ष उमेर पुगेकालाई ‘वयस्क वेश्यावृत्ति’ गर्न कानुनले छुट दिएको छ । उनी फुटबल खेलाडी पनि हुन् ।
बेर्नाडोकी आमाले भने आफ्नो उपचारका लागि छोरीले राम्रो काम खोजे उपयुक्त हुने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी छिन् । ‘छोरीले वेश्या बनेर मेरो उपचार गर्नुपर्ने अवस्था मेरालागि दु:खद छ, यस्तो नभए हुन्थ्यो’, बेर्नाडोकी आमाले बताएकी छिन् । बेर्नाडोले भने आफू काममा जाँदा ओछ्यान परेकी आमालाई खाना खुवाउने, शौचालय पुर्‍याउने मान्छे पनि नहुने र कमाइ पनि प्रतिघन्टा परिश्रम गरेभन्दा निकै न्यून हुने भएकोले वैकल्पिक उपायको खोजी गरेको बताएकी छिन् । एजेन्सीले जनाएअनुसार आमाले अहिलेसम्म बोर्नाडोलाई उनका बाबु चिनाएकी छैनन् । उनले थाहा पाउने भएदेखि नै आमाछोरी मात्रै बस्दै आएको छिमेकीलाई उद्धृत गर्दै जनाइएको छ । ‘उनलाई सहयोग गर्ने आफन्त कोही छैन’, छिमेकीले भने, ‘दु:खमा हात थाम्ने कोही नभएपछि बोर्नाडोले आफ्नो कुमारीत्व दाउमा लगाएकी हुन् ।’
जनवरी तीनमा अपलोड गरिएको सो भिडियो पहिलै दिन तीन हजार जनाले हेरेका थिए भने अहिलेसम्म आठ हजार बढीले हेरिसके । भिडियो
हेरेपछि उनको कुमारीत्व किन्न अहिलेसम्म सबैभन्दा बढी ३५ हजार डलरको प्रस्ताव आएको छ । तर, उनले सो रकम आफूले अपेक्षा गरेभन्दा निकै कम रहेको जनाइन् ।
गत अक्टोबरमा अर्की एक युवती पनि आफ्नो कुमारीत्व लिलामीको घोषणा गरेर चर्चा कमाएकी थिइन् । २० वर्षीया कट्रिन मिग्लोरिनीले कुमारीत्व लिलामीको घोषणापछि अनलाइन वेश्यावृत्ति गरेर सात लाख असी हजार डलर कमाएकी थिइन् । उनले कमाएको उक्त रकम अहिलेसम्मकै बढी भनेर दाबी गरिएको छ । पछिल्लो समय हाइस्कुल पढ्ने युवतीहरूले भर्जिनिटी लिलामीको घोषणा गर्ने क्रम बढ्दै गएको सञ्चार माध्यमहरूले जनाएका छन् । ***
– एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया