बाबुराम नैतिकताले पनि सरकारमा बस्न मिल्दैन : कङ्ग्रेस नेता सिंह

समुद्रपारि डट कम  |  २८ जनवरी, २०१२
बारा- नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधान मन्त्री बाबुराम भट्टराईलाई सरकारमा बसिरहन नैतिकताले पनि नदिने बताएका छन् । उनले कथित जनसत्ताका नाममा पारित भएका घरजग्गालाई सरकारले मान्यता दिएर गैरसंवैधानिक तथा गैरकानुनी काम गरेको पनि बताए ।
बाराको अमलेखगन्जमा आयोजित ल्होछार कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले अख्तियारको दुरुपयोग गरिरहेकाले वर्तमान सरकारलाई नैतिकताले पनि नेतृत्‍व गर्न नदिने बताएका हुन् ।
उनले एकीकृत माओवादीले संविधान निर्माणका क्रममा मिलिसकेका कुरालाई पनि बखेडा झिकेकाले संविधान समयमै नबन्ने शङ्का उत्‍पन्न गराएको बताएका छन् ।
नेता सिंहले माओवादीको आन्तरिक द्वन्द्वले शान्ति र संविधान धरापमा परेकोसमेत उल्लेख गरे ।
 
 
 

प्रतिक्रिया लेख्नुहोस्

(इमेल गोप्य राखिनेछ)

*
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएका प्रतिक्रिया प्रकाशित गर्न नसकिने जानकारी गराउँदछौँ ।