मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

baaaaलण्डन –  कम्बोडियामा संसदीय निर्वाचनको मिति नजिकिदै गर्दा संयुक्त राष्ट्र संघीय मानवअधिकारदूत प्रा. सूर्यप्रसाद सुवेदीलाई कम्बोडियन सरकारसँग संवादको क्रममा व्यापक अन्तर्राष्ट्रिय समर्थन जुटेको छ । हरेक अमेरिकी राष्ट्रपतिझै पहिलो कम्बोडिया भ्रमणको क्रममा राष्ट्रपति बाराक ओबामाले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई प्रा. सुवेदीको न्यायिक, संसदीय र निष्पक्ष र स्वतन्त्र निर्वाचनसमबन्धी सिफारिसहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् । कम्बोडियाले यस्ता सुधारहरु नगरे त्यो राष्ट्रको अमेरिकासँगको सम्बन्ध सुध्रिन गाह्रो हुने बताए ।

गत चार वर्षको दौरानमा प्रा. सुवेदीले चारवटा सुधारसम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्र संघलाई प्रस्तुत गरेका छन् । जसका कारण प्रधानमन्त्री हुन सेन असन्तुष्ट भएका छन् । सन् १९८० देखि सत्तामा रहेका हुन सेनको प्रा. सुवेदीभन्दा अघिका राष्ट्रसंघीय दूतहरुसँग पनि सम्बन्ध राम्रो थिएन ।

कम्बोडियोको शासन पद्धतिमा व्यापाक सुधार हुनुपर्ने प्रा. सुवेदीको सिफारिसहरुलाई युरोपेली संसद १६२ देशका संसदहरु सदस्य रहेको अन्तरसंसदीय संघ तथा अष्ट्रेलिया र फिलिपिन्सका सिनेटहरुले समर्थन गरिसकेका छन् ।

हालै मात्र सम्पन्न गरेको कम्बोडियाको भ्रमणको क्रममा प्रा. सुवेदीले संवैधानिक अंगहरुको लोकतान्त्रिक सुधार र सबै पक्षबीच राष्ट्रिय मेलमिलापको वातावरण सिर्जना गरी स्वतन्त्र र निष्पक्ष चुनाव गराउन आग्रह गरेका थिए । कम्बोडियाका प्रमुख विपक्षी दलका नेता फ्रोसको पेरिसमा निर्वासनमा रहेका छन् र उनी स्वदेश फर्केमा लामो काराबासमा जानुपर्ने स्थितिमा छन् । त्यस्तै कम्बोडियाको प्रमुख स्वतन्त्र रेडियो स्टेशनका सञ्चालक माम सोनन्डोलाई हालै मात्र २० वर्षको जेल सजाय दिइएको थियो ।

कम्बोडिया भ्रमणको क्रममा डा. सुवेदी उनलाई भेट्न हनोम पेन्ह बाहिरको एक जेलमा पुगेका थिए । कम्बोडियामा वाक तथा प्रकाशनसम्बन्धी लगायतका धेरै मानवअधिकारको हनन भएको प्रा. सुवेदीले आफ़्ना प्रतिवेदनमा उल्लेख गेका छन् । जसका कारण उनको कम्बोडिया सरकारसँगको सम्बन्ध चिसिन पुगेको हो ।  ***

तपाईको प्रतिक्रिया