शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कमिटी ६ महिनाको लागि मात्र

nrn-logo. USAभर्जिनिया   – एनआरएन अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट प्रल्हाद केसीको नेतृत्वमा २०१३ – २०१४ का लागि नयां कार्यसमिति गठन भएको छ l नवगठित एनआरएन अमेरिकाको समितिलाई एनआरएनका केन्द्रिय अधक्ष्य जीवा लामिछाने एआरएन आईसीसीका प्रादेशिक संयोजक मुकेश सिंहलगायतले बधाई दिनुभएको छ l

निकै उतारचढाव, आरोहावरोह, आर्थिक अनिमियता लगायत नेतृत्व सम्बन्धि बिबादको भुमरीमा जकडिएको एनआरएन अमेरिका ती सबै बाधा र अड्चनलाई साहसपूर्वक पन्छाउदै अहिले यो अवस्थामा आईपुगेको जानकारी भर्खरै नव निर्वाचित अधक्ष्य प्रल्हाद केसीले दिनुभएको छ ।

आफुले नेतृत्वको जिम्मेबार प्राप्त गर्नासाथ आफुले एनआरएनलाई क्रियाशील र सहभागितामुलक बनाउन अमेरिकाको ३५ वटा राज्यहरुमा दौडाहामा लागेको बताउनुभयो l

निवर्तमान समितिमा न्युयोर्क, वाशिंगटन डिसी वरीपरिबाट मात्र बोलबाला हुने गरेको आरोप खेप्दै आएको एनआरएन अमेरिकाले चौतर्फी राज्यहरुबाट समाबेशी ढंगले सहभागिता गरी आपसमा समझदारीसाथ समितिको चयन भएकोमा सबैमा उत्साहको संचार गरेको बताईएको छ l

नव निर्वाचित अधक्ष प्रल्हाद केसीले एनआरएनको सामुहिक जलविद्युत योजनालाई अमेरिकाबाट सक्दो लगानी जुटाउन पहल गरिने बताए ।

एनआरएन अमेरिकाले कमिटी गठन प्रक्रियाका लागि दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) का अन्तरिम अध्यक्ष्य छेवांग शेर्पालामालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरेको थियो । यस अघि पनि यिनै शेर्पालामाले निर्वाचन सफलतापूर्वक गराएका थिए l

एनआरएन अमेरिकाको बिधानअनुसार डेलीगेट अर्थात मतदातासूची उपलब्ध गराउनुपर्ने प्राबधान रहेकोमा सो उपलब्ध हुन नसकेको कारण टेनेसी, राज्य सचिब (स्टेट अफ सेक्रेटरी) संग परामर्श गरी छ महिनाको लागि निम्न पदाधिकारीहरु निर्वाचित भएको घोषणा गरिएको जानकारी प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पलामाले दिएका छन् l छ महिना भित्र उक्त डेलीगेट अर्थात् मतदातासूची उपलब्ध हुन नसकेको खण्डमा कार्यकारी समिति स्वत: भंग हुनेछ र त्यसपछि सम्पूर्ण अख्तियार निर्वाचन समितिमा निहित हुनेछ l एनआरएन एनसीसी, अमेरिकाको कार्यकारी समितिमा घोषणा भएका निर्वाचित पदाधिकारी यस प्रकार छन् ।

१. अधक्ष्य – प्रहलाद केसी MA

२. वरिष्ठ उपाधक्ष्य – शिव कुमार राई NH

३. उपाध्यक्ष्य – राजेन्द्र खतिवडा KY

४. उपाध्यक्ष्य – बृहस्पति लामा MA

५. महासचिब – उपमा कंडेल, लामा TX

६. सहसचिब – जय मण्डल CA

७. कोषाधक्ष्य – राजेन्द्र सिवाकोटी लेखा परीक्षक

(सीपीए) CA

८. जनसम्पर्क अधिकारी – नारायण गुरुङ OR

९. संचार संयोजक – बनिता कातिला NY

 

तपाईको प्रतिक्रिया