शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

katarकतार – कतार भलिवल एसोसिएसनले आयोजना गर्न लागेको कम्युनिटी लिग भलिवल टूर्नामेन्टमा नेपाल लगायत ९ राष्ट्रका भलिवल टिमले सहभागी जनाउने पक्कापक्की भएको छ । डिसेम्बर १६ तारिख सम्म सम्पूर्ण सहभागी कम्युनिटीले रजिष्ट्रेशन फाराम बुझाईसक्नुपर्नेमा नेपालको तर्फबाट रजिष्ट्रेशन फाराम बुझाईसकेको छ । यसरी भाग लिने ९ राष्ट्रहरुमा नेपाल लगायत भारत, इरान, लेबनान, फिलिपिन्स, इजिप्ट, सुडान र कतारको घरेलु टिम मोवासलात रहेको छ ।

कतार भलिवल एसोसिएसनले आयोजना गरेको बिशेष छलफल कार्यक्रममा कतार भलिवल एसोसिएसनका टेक्निकल डाईरेक्टर हुसेन इमाम अलिले जानकारी गराएअनुसार यहि आउँदो डिसेम्बर २२ को दिनमा सम्पूर्ण सहभागी देशका टोली सदस्य, टोली अध्यक्ष, टिम म्यानेजर र प्रशिक्षकलाई अनिवार्य उपस्थितिको लागि पनि आव्हान गरेको छ । सो अवसरमा स्पोन्सरलाई सम्बोधन, नियम सम्बन्धमा, स्पोन्सर सम्बन्धी व्यवस्थाको बारेमा थप जानकारी प्रदान गरिने कुरा रहेको छ । नेपालको तर्फबाट भने कतार भलिबल एसोसिएसनको प्राविधिक प्रतिनिधीमा सागर नेपाल र बुद्ध गुरुङ रहेका छन् ।

खेलाडिको योग्यता, कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेट अघि खेलाडीको परिचयपत्र निर्णायक मण्डलमा पेश गरिसक्नुपर्ने खेलाडिले लगाउने जर्सीको चयन, टोली सदस्य र दर्शकहरुको बस्ने व्यवस्थाको बारेमा पनि जानकारी गराईने कुरो रहेको छ ।

आउँदो जनवरी ११ को दिन कतारको अल अरबी स्पोर्टस क्लवमा खुल्ला भलिवल प्रतियोगिताको समुदघाटन समारोह गरिने जानकारी दिँदै प्राय खेल शुक्रवार गरिने भएपनि खेल स्थलको उपलब्धताअनुसार बिहीबार र शुक्रवार पनि हुन सक्ने कुरा टेक्निकल डाईरेक्टर हुसेन इमाम अलिले बताए । सम्पूर्ण खेलहरु अल अरबी स्पोर्ट्स क्लबको परिसर भित्र हुने पनि उनले जानकारी गराए ।

कतारको घरेलु टिम लगायत अन्य आठ देशका गरी ९ टिमले कुल ३६ गेम खेल्नु पर्ने र बेस्ट अफ फाईभमा निर्धारित रहेर खेल हुने प्राविधीक जानकारी पनि सो समयमा गरिएको थियो । खेलमा प्रथम, द्धितिय र तृतियलाई कतार भलिवल एसोसिएसनको तर्फबाट ट्रफी प्रदान गरिनेछ भने उक्त ट्रफी जित्ने देशको टिमले अर्को संस्करण सम्म राख्न पाउनेछ । यसको अलावा खेलको अन्य विविध पक्ष अर्न्तगत उत्कृष्ट सटर, उत्कृष्ट स्कोरर तथा मूल्यवान खेलाडीको चयन गरी नियन्त्रण समितीले उत्कृष्ट ४ टोलीको समूहबाट चयन गरीने कुरा पनि कार्यक्रममा बताईएको छ ।

स्मरणः रहोस् गत बर्षसम्पन्न भएको कम्युनिटी लीग भलिबल प्रतियोगितामा नेपालले दोश्रो स्थान हासिल गर्न सफल रहेको थियो । विभिन्न शिर्षकका खेलकुद मध्ये भलिबल खेललाई विभिन्न देशका नागरिक दर्शकको बीचमा चाडको रुपमा लिँदै एसिया प्रशान्तको बहुमुल्य तथा रंगीन संस्कृतिको प्रदर्शन गर्नु हो भन्ने मुल कुरालाई कतार भलिबल एसोसिएनले लिएको कुरा पनि बताएका थिए । ***

 

तपाईको प्रतिक्रिया