बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

युएई – युएईमा भएको एक भेलाले नवगठित संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन संघीय समाजबादी मन्च युएइको तदर्थ समिति निर्माण गरेको छ ।

दुबाईको एभरेस्ट इन्टरनेशनल होटलमा डिसेम्बर १४ तारिख शुक्रबार आदिबासी, जनजाती, मधेसी, मुस्लिम, खस, दलित तथा समानता र पहिचानसहितको संघीय संघियताका पक्षधरहरुको साझा संस्थाको रुपमा संघीय समाजबादी मन्च रहने आयोजकले दाबी गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने भन्दै विभिन्न राजनीतिक दल परित्याग गरेका नेता कार्याकर्ताहरुको एक समुहाले नेकपा एमाले परित्याग गरेका नेता अशोक राईको संयोजनमा गत मङ्सिर ७ गते संघीय समाजबादी पार्टी नेपालको स्थापना गरेका थिए ।

जनजाती महासंघका अधक्ष गीरिमान थापाको प्रमुख अतिथिको मन्तब्य राख्दै गठित समितिले राजनीतिक आस्था संगै जातीय पहिचानलाई पनि उठाउने बिश्वास रहेको बताएका छन । थापाले जनजाती महासंघ नबगठित समितिसंग जातिया पहिचानका लागि सहकार्य गर्ने पनि सकिने बताए ।

एकल जातीय नारा लागाउदै अन्य जातिलाई गाली गर्ने प्रचलन बढेकोमा चिन्ता ब्यक्त गर्दै तदर्थ समिति निर्माण भेलामा बोल्ने बक्ताहरुले जातीय पहिचानको नाममा नबगठित संघीय समाजबादी मन्चले संघीय लोकतान्तिक गणतन्त्र स्थापना गर्न बर्गीय जातीय भाषिक सांस्कृतिक धार्मिक लैंगिक लगायतका बिभेद तथा उत्पीडनहरूबाट नेपाली समाजलाई समानुपातिक समाबेशी बनाएर समधानका निम्ति लाग्न मञ्चलाई शुभकामना दिएका छन ।

तमु समाज युएइका अधक्ष डिआर गुरुङलाई केन्द्रीय प्रतिनिधि बनाएको भेलाले समितिमा नेकपा एमाले परित्याग गरेका प्रवासी समाज युएइका निबर्तमान सल्लाकार भुवन राईलाई अध्यक्ष, युवा समाजसेबी कृष्ण पौडेल र तामांग समाज युएइका उपाध्यक्ष रबिन लामा दुइजना उपाध्यक्ष रहेका छन । समितिमा दीपराज योङहाङ माहासचिब, किरात राइ यायोख्खा युएइका अधक्क्ष उमेश राई प्रबक्ता, मगर समाज युएइका महासचिब भारत रानामगर सचिब रहेका छन । भेलाले २५ सदस्यीय तदर्थ समिति बनाएको हो ।

समितिलाई सक्रिय तथा चलायमान बनाउन तथा एकल जातीय एकाधिकारलाई हटाउन समिति लाग्ने बिभिन्न बिभाग पनि गठन गरेको छ । गठित बिभागहरुमा आर्थिक बिभाग प्रमुख युवा समाजसेबी शिब गुरुङ, युवा बिभाग प्रमुख कलाकार आशिष राई, सांस्कृतिक बिभाग प्रमुख कलाकार दिप सुब्बा रहेका छन । महिला बिभाग खाली राखिएको छ । तदर्थ समिति गठन गर्न भेलामा उत्साहजनक उपस्थिति रहेको आयोजकले बताएको छ । तदर्थ समितिका उपाध्यक्ष कृष्ण पौडेलले चाडै एक भेला बोलाएर तदर्थ समितिलाई पूर्णता दिने बताएका छन । ***

 

तपाईको प्रतिक्रिया