शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
sabitaकाठमाडौं- ब्लड क्यान्सर पीडित ताप्लेजुङकी सबिता मगरको शुक्रबार निधन भएको छ । ब्लड क्यान्सरको बिमारीका कारण उनीलाई कुवेतको सभा अस्पातलमा भर्ना गरिएको थियो । सबिताले बिहीवार बेलुका सात बजे अन्तिम सास लिएको सभा अस्पातलका कर्मचारीले जानकारी गराएका हुन् ।
दुई बर्ष पहिला घरेलु कामको लागि कुवेत आएकी २१ वर्षीया सबितालाई दुई महिना पहिला मालिकले अस्पातलमा भर्ना गरेको थियो । ब्लड क्यान्सरको बिरामी सबितालाई उपचारको लागि पहिला जाहारा अस्पातलमा भर्ना गरिएको र पछि रिफर गरी सभा अस्पातलमा भर्ना गरिएको थियो ।
नेपाली दूतावासले सविताको जीवनरक्षाका लागि रगतको आबश्यकता परेको सूचना सार्वजनिक गरेको थियो । सबितालाई बचाउनका लागि कुवेतबासी जुरमुराई उठेका थिए । ***

तपाईको प्रतिक्रिया