शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सिड्नी –  म्याग्दी सेवा समिति अष्ट्रेलियाको हालै सम्पन्न बैठकद्वारा हरि राम्जालीको अध्यक्षतामा नयां कार्य समिति गठन भएको छ । निवर्तमान अध्यक्ष धिरज मल्लको कार्यकाल समाप्त भएपछि सचिब हरि राम्जालीलाई अध्यक्षको जिम्मेवारी दिईएको हो । कार्यक्रममा अध्यक्ष राम्जालीले समितिमा आफ्नो लामो अनुभब र सम्पूर्ण म्याग्देलीहरुको सहयोगबाट म्याग्दी सेवा समिति अस्ट्रेलियाले आउदो दिनहरुमा सम्पूर्ण म्याग्देली एवं नेपालीहरुलाई समेटेर अगाडि बढ्ने कार्ययोजना रहेको धारणा ब्यक्त गर्नुभयो । रोजगारी तथा अध्ययनको सिलसिलामा अष्ट्रेलिया प्रबेश गरेका म्याग्देलीहरुको सक्रियतामा गठित म्याग्दी सेवा समिति आफ्नो स्थापना कालदेखिनै अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण म्याग्देली एवं नेपालीहरुको सेवामा क्रियाशील रहेको छ । म्याग्दी सेवा समिति बिदेशमा पनि आफ्नो नेपालीपन र संस्कृतिको जगेर्ना गर्नको निमित्त हरेक नेपाली नयां वर्षमा New Year Come Togethet Night का साथै अन्य सांस्कृतिक एवं खेलकुद कार्यक्रम संचालन गर्दै आएको छ ! जसको फलस्वरूप अघिल्लो वर्षमा Town Hall George Stret, Sydneyमा नेपथ्यलाई आमन्त्रण गरी सफल कार्यक्रम सम्पन्न गरेको थियो । अब आउने नेपाली नयां बर्षमा पनि भब्य कार्यक्रम प्रस्तुत गर्ने योजना रहेको समितिका सचिब ईन्द्र थापाले जानकारी गराउनुभयो ।

म्याग्दी सेवा समिति अष्ट्रेलियाको नवगठित कार्यसमितिको अध्यक्षमा हरि राम्जाली, उपाध्यक्ष राजकुमार भण्डारी, सचिव ईन्द्र थापा, सहसचिब सुशन श्रेष्ठ, कोषाध्यक्ष मुक्ति रोका, सहकोषाध्यक्ष/ पब्लिक रिलेसन लक्की श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा तुल बुढाथोकी, कुल घर्तिमगर, नारायण भट्टचन, यम बुढाथोकी, दिपक भण्डारी, बद्रि बरुवाल, खेम केसी, दिनेश खत्री, सुमन बानिया, गणेश बोगटी, बुद्धि छन्त्याल, अमित रोका र राजकुमार पुन रहनुभएको छ भने ईभेन्ट को-अर्डिनेटरमा दिपेश पुन र कल्चर को-अर्डिनेटरमा सुजन थापा चयन हुनुभएको छ । ***

यसैगरी सल्लाहकारहरुमा भुवन पुन, सुदिप गौचन, उत्तम पुन र धिरज मल्ल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया