शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

दुबई – मगर संघ युर्एइले आगामी २२ फेब्रुअरी २०१३ शुक्रबारका दिन मगर दिवस मनाउने तयारीलाई अगाडि बढाएको छ ।

दुबईको इम्पिरियल स्वीट्स होटलमा ३१ औं मगर दिवस मनाउनका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको छ ।

आफ्नो कला, सँस्कृति, भेषभूषा, रितीरिवाज र परम्परालाई कायम राख्दै स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा मगर सँस्कृति झल्काउने खालका झ्याउरे, सोरठी, करुवा र घाटु जस्ता विविध साँस्कृतिक कार्यक्रमका साथ ३१ औं मगर दिवस मनाईने सो सँस्थाले जनाएको छ ।

गत ७ डिसेम्बर शुक्रकारका दिन मगर संघ युर्एइकी कार्यवाहक अध्यक्ष बविता रास्कोटी मगरको अध्यक्षता र सचिव ललितमान रानाको सञ्चालनमा दुबईस्थित मेट्रो पार्कमा बसेको बैठकले मगर दिवस मनाउने सम्बन्धि निर्णय गरेको हो । विगतमा नेपालबाट कलाकारहरुलाई बोलाउने प्रचलन रहेको भए पनि यसपालि भने मगर दिवसको अवसरमा नेपालबाट नेपाल मगर संघ केन्द्रीय बिशेष सल्लाहकार गोरेबहादुर खपाङ्गी र नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष गंगा खासु मगरलाई अतिथिकोरुपमा बोलाईने भएको छ ।

मगर दिवसलाई थप भब्य एवं सभ्यरुपमा मनाउन बविता रास्कोटी मगरको संयोजकत्वमा एक व्यवस्थापन समितिसमेत गठन गरिएको छ । उक्त कार्यक्रमको प्रवेश टिकट दर सहयोग स्वरुप ३० दिराम राखिएको छ भने मिडिया पार्टनरमा मगर संघ युर्एइ डट्कम र नेपाली समाचार पाक्षिक रहेको छ । ***

 

तपाईको प्रतिक्रिया