बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

युएई – नेपाल पत्रकार महासंघ युएई शाखाले युएइको पत्रकारितालाई प्रोत्सान गर्न क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ।

प्रवासी पत्रकारिताको बिकास, क्रियाशील पत्रकारको प्रोत्साहन, नया पत्रकारलाई हौसला तथा गुणस्तरीय समाचार लेखार्इको विकास गर्न पत्रकारिता पुरस्कार राखिएको युएई शाखाका अध्यक्ष अर्जुन दाहालले बताए । उनकाअनुसार पुरस्कारमा प्रमाणपत्र, शिल्ड, मायाको चिनो तथा नगद रहने छ ।

डिसेम्बर ७ तारिख शुक्रबार बरदुबाईमा भएको शाखाको बैठकले बार्षिक कार्यक्रममा उप्त पुरस्कार बितरण गर्ने निर्णय गरेको हो । शाखाले दिएको जानकारीअनुसार प्रत्येक बर्ष शाखाको बार्षिक कार्यक्रममा क्रियाशील पत्रकारिता गर्ने एक पत्रकारलाई यस पुरस्कारबाट सम्मानित गरिने छ । बैठकले पुरस्कारलाई मर्यादित तथा निष्पक्ष बनाउन अनुगमन तथा मुल्यांकन समिति बनाएको छ । सचिब निमेष गिरी अनुगमन समितिमा संयोजक रहेका छन भने मुल्यांकन समितिमा युएई शाखा अध्यक्ष अर्जुन दाहालको संयोजकमा पत्रकार महासंघ केन्द्रीय कार्यालले तोकेका दुई सदस्य पत्रकार पुरस्कार मुल्यांकन समितिको सदस्य रहने छन । केन्द्रीय अध्यक्ष शिव गाउलेले चांडै मुल्यांकन समिति सदस्य तोक्ने बताउदै युएई शाखाको यस कदमप्रति आभार प्रकट गरेका छन ।

युएईमा पत्रकारिता गरिरहेका, पत्रकारिता गर्न चाहने जो कोहि पनि नेपाली यस पुरस्कारको दाबेदार रहन सक्ने जनाउदै शाखा सचिब निमेष गिरीले यसका लागि शाखाले बनाएको नीति तथा फारम चाडै सार्बजनिक गरिने बताए । शाखाले बनाएको नीति अनुसार नै पत्रकारिता पुरस्कारमा सहाभागी बन्न पाइने गिरीले बताएका छन उनकाअनुसार पत्रकारिता अनुगमन जनवरी १ देखि थालिने छ ।

शाखाको बैठकले सन २०१३ सालको एक बर्षे बार्षिक कार्यक्रम पनि पारित गरेको छ । अध्यक्ष दाहालने बनाएको बार्षिक कार्यक्रम केहि संसोधनसहित सर्बसम्बतले पारित भएको हो । पारित बार्षिक कार्यक्रममा अन्तरक्रिया, तालिम, स्थानीय संचार माध्यम संघ सम्बन्ध सुधार, स्मारिका तथा पत्रिका प्रकाशन लगायतका कर्याक्रम रहेको शाखाले जनाएको छ । ***

तपाईको प्रतिक्रिया