शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

युएई – नेकपा एमाले नेपाली काग्रेस, लगायतका राजनीतिक दल परित्याग गरेका नेता कार्यकर्ताको नवगठित संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन युएर्इमा गठन हुने भएको छ ।

नेकपा एमाले परित्याग गरेका नेता अशोक राईको संयोजनमा गत मङ्सिर ७ गते स्थापना भएको संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन स्थापनाको लागि युएईको दुबाईमा मङ्सिर २९ ( डिसेम्बर १४ तारिख) मा एक भेलाको आयोजना गरिएको छ ।

बर्गीय, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, लैंगिक लगायतका बिभेद तथा उत्पीडनहरूबाट नेपाली समाजलाई समानुपातिक समाबेशी जनतालाई अत्यधिक शक्तिसम्पन बनाउन संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने भन्दै पहिलो प्रवास शाखा युएईमा स्थापना गर्न नेकपा एमाले परित्याग गरेका प्रवासी समाज युएईका निबर्तमान सल्लाकार भुवन राई, किरात राई यायोख्खा युएईका अध्यक्ष उमेश राई, तमु समाज युएईका अध्यक्ष डिआर गुरुङ, नेवा: समाज युएईका संयोजक प्रमोद श्रेष्ठ, मगर समाज युएईका महासचिब भारत रानामगर, तामाङ समाज युएईका उपाध्यक्ष रबिन लामा, युवा समाजसेबी शिब गुरुङ लगायतको सक्रियता बढेको छ ।

संघीय समाजबादी मंच युएईको तदर्थ समिति निर्माण गर्न अग्रगामी समूह युएईको नाममा प्रचा निकाल्दै युएई प्रवासमा रहनुभएका आदीबासी, जनजाती, मधेसी, मुस्लिम, खस, दलित तथा समानता र पहिचानसहितको संघियताका पक्षधर सम्पूर्णलाई दुबईको एभरेष्ट ईन्टरनेशनल होटलमा दिनको २ बजे निम्ताईएको छ । ***

 

 

तपाईको प्रतिक्रिया