शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सुनसरी – अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सँस्था ‘द एसोसियशन अफ नेप्लिज इन अमेरिका’ – ‘एएनए’ ले ग्रामीण नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सुनसरी जिल्लाको पञ्चकन्या गाबिसमा हालै एक कृषि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

३० बर्षभन्दा पुरानो इतिहाँस बोकेको सो सँस्थाले ग्रामीण क्षेत्रका कृषकहरुको जीवनस्तर उकास्ने लक्षअनुरुप कृषि सम्बन्धि परियोजनालाई अगाडि बढाउन सो कार्यशाला गोष्ठीको आयोजना गरेको बुझिएको छ ।

गत शुक्रबार एएनएले सुनसरी जिल्ला, पन्चकन्या गाबिसमा एक दिवसीय अन्तरक्रियात्मक कृषि कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

उक्त अन्तरक्रियात्मक कार्यशालामा पन्चकन्या गाबिसका बिभिन्न किसान समुह, बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरु, गाउँ बिकास समितिका वर्तमान तथा पूर्व पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु तथा स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त  अन्तरक्रियात्मक कार्यशाला कार्यक्रमको संचालन स्थानीय प्रशिक्षक तथा महाबिद्यालय (कलेज ) का शिक्षक मोहन श्रेष्ठले गर्नुभएको थियो । अन्तरक्रियामा सहभागिता र उनीहरुद्वारा कृषि सम्बन्धि प्रस्तुति प्रभावशाली रहेको थियो । उक्त एक दिवसीय कृषि कार्यशालामा एएनए नेपालले शिघ्र पशुपालन केन्द्रको शुरुवात गर्ने जानाकारी गराएको थियो ।

एएनए – ग्रामिण नेपाल विकास परियोजना नेपाल र नेपालीहरुको हित र विकासको लागि अमेरिकाबाट नेपाल भित्र्याईएको एक महत्वाकांक्षी परियोजना हो l एएनए – ग्रामिण नेपाल विकास परियोजनाका प्रमुख सुदीप श्रेष्ठ (पिएचडी) ले सुनसरी, धरान नगरपालिकाकामा उक्त परियोजनाको बारेमा जानाकारी गराउंदै सबैलाई सहयोगको अपिल गर्न अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उक्त प्रस्तुतीले सहभागीहरुको मन छुन सकेको र अत्यन्तै सफल रहेको जानकारी सहभागीले गराएका थिए । नेपाल र नेपालीको लागि यस्तो सुवर्ण मौका गुमाउन नहुने बिचार राख्दै सहभागी हुन आएका नगरपालिका लगायत सम्पूर्ण राजनैतिक दलले पूर्ण सहयोग गर्ने बचन दिएका थिए । एएनए – ग्रामिण नेपाल विकास परियोजनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत काम गर्ने सोचअनुसार धरान नगरपालिकाको श्रोत र साधनको उपयोग गर्दै प्रारम्भिक चरणमा खाद्य बजारको शुरुवात गर्ने भएको छ र यो परियोजना करौडौको रहेको छ । कृषि सहकारी अथवा संस्थाको स्थापनार्थ गृहकार्य गरिरहेको यस परियोजनाका प्रमुखले जानकारी गराएका छन ।

३० बर्ष ईतिहास बोकेको सयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्तरको ज्येष्ठ संस्था एएनए  नेपालमा  पनि गैर मुनाफा ( एनजीओ) संस्थाको नाममा २०६९ साल भदौ २८ गते सुनसरीमा दर्ता गरी कार्यालय धरानमा स्थापना गरिसकिएको छ । यसैगरि समाज कल्याण परिषदबाट आश्विन २६, २०६९ सालमा आबद्दताको प्रमाण पत्र समेत प्राप्त गरिसकेको छ । प्रारम्भिक चरणमा सुनसरी जिल्लाबाट यो योजना सुरुवात गर्ने र भविष्यमा यसको प्रगतिअनुसार अधिराज्यभरि विस्तार गरिने लक्ष राखिएको छ ।

यस परियोजनाका प्रमुख सुदिप श्रेष्ठ (पिएचडी) सुनसरी धरान निवासी हुन्, धरान हात्तिसार महाविद्यालयबाट खाद्य प्रबिधिमा अध्ययन गरि, अमेरिकाको कनेक्टिकूट बिश्वबिद्यालयबाट खाद्य तथा पोषणमा बिषेशज्ञता प्राप्त गर्दै हार्वर्ड  (Harvard) अनि जोन हप्किन्स (John Hopkins) अस्पतालमा सेवा गर्दै यहि परियोजनालाई हांक्न अमेरिका त्यागी सुनसरी धरान फर्केका हुन | ***

 

 

 

तपाईको प्रतिक्रिया