शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरका बुवा प्रेमबहादुर मानसिक सन्तुलन गुमाएकी पत्नी हरिकुमारीलाई बाग्लुङ जाने भन्दै ठगेर छोरो भेट्न विहीबार मात्रै काठमाडौं आइपुगेका छन् ।
२५ वषिर्य छोरा पदमलाई भेट्न छोरी ज्वाई भीम भारतीकासाथ विहीबार बेलुकी हनुमानढोका पुगेका उनले छोरालाई भेट्न पाएनन् । ‘पवन कुँवरलाई भेट्न आउनु भएको हो ?’ हनुमानढोकामा विहीबार साझ उनलाई एक सईले भने, ‘उनलाई शुक्रबारमात्रै यहा राखेका थियौ, अहिले दुई नम्बर गण महाराजगंजमा छन् भोली १० बजे उतै जानु होला ।’ छोरालाई भेटेपछी प्रचण्डलाई पनि भेट्ने उनको योजना छ ।
तीन दिनअघि काठमाडौंका लागि बाग्लुङको राजकोटबाट हिडेका उनले छोराले गरेको कामलाई ‘आवेगमा गरेको निर्णय’ हुनसक्ने बताए । ‘मेरो छोरो कसैको लहडमा लाग्ने खालको होइन’, ५९ वर्षिय प्रेम बहादुरले भने, ‘घरको कहालिलाग्दो अवस्थाले उस्ले नगर्नुपर्ने काम गर्‍यो ।’
तर, छोराको ओठ काटिने र नाक भाचिने गरी कुटिएको घटनाले उनी दुखी छन् । ‘मेरो छोरोले त गल्ती गरी हालेको थियो, त्यसपछी उस्लाई कानुनले तोकेअनुसार कारवाही गरिनुपर्थ्यो, तर सोतर हुनेगरी सारा देश उभिएको ठाउमा प्रचन्डजीका कार्यकर्ताले कानुनमाथि उभिएर पदमलाई कुट्नु भनेको कुकुरलाई टोक्नु सरह हो’, छिमेकीहरुसँग सापटी खर्च मागेर बुर्तिवाङबाट रात्री बस चढेर विहीबार विहान राजधानी पुगेका उनले भने ।
७ वर्षको सेवापछि २०३७ सालमा नेपाली सेनाबाट स्वेच्छिक अवकास लिएका प्रेमबहादुरले छोराबारे ५६ वर्षिय पत्नी हरीकुमारीलाइ जानकारी नदिएको बताए । द्वन्द्वकाल देखि मानसिक सन्तुलन गुमाएकी श्रीमतीलाई अहिलेसम्म घटनाबारे भनिएको छैनौ । ‘पार्टीको काम छ, बाग्लुङसम्म पुगेर आउंछु मात्रै भनेर आएको हुँ ।’ – उनले भने । आफु कम्युनिष्ट भएकै कारण पञ्चायतकालमा घर लुटिएको स्मरण गर्दै उनले माओवादी युद्धकालभरि आफुले दुख पाएको बताए ।
‘कम्युष्टि बिचारधारा बोकेको र सेनाको जागिरे भएकै कारण जनयुद्धभर तारिख खेपे ।’ ७ सन्तानका बुवा भइसकेका उनले थपे, ‘मैले भोगेको दुखले दुई सन्तान माओवादीमा पूर्णकालिन सदस्य भई भूमिगत भए । यी सबै घटनाका कारण सेना र प्रहरीले घर कुरेर बस्ने मेरी बुढीयालाई वर्षौसम्म दुर्वब्यवहार  गरिरहे । अहिले उ कम्ब्याट पोशाक देख्यो कि मुर्छा पर्छे, मानसिक अवस्था अझै उस्तै छ ।’
शसस्त्र युद्धकाबेला माओवादी प्रवेश गरेकी माइली छोरी प्रतिमा र साइला छोरा टेक बहादुरका कारण शुरक्षाकर्मीले दिएको मानसिक तनावका कारण पत्नी हरिकुमारीको मानसिक अवस्था ठिक नभएको उनले बताए ।
‘तीनपटक पाटनको मानसिक अस्पताल धाइसकेको बताउने प्रेम बहादुरले घटनापछि आफन्तजन र सुरक्षाकर्मीले गरेका टेलिफोन संवाद पनि उनलाई नसुनाएको बताए । ‘यता घटना भएपछि खुब फोन आउन थाले, धेरैपटक उनलाई छल्दै कुराकानी गरे, तर उनले हल्का सुइको पाएजस्तो लाग्छ तर भनिहालेका छैनौ । बाग्लुङ सदरमुकामबाट २ दिने हिडेपछी पुगिने राजकोटमा रहेकी उनकी पत्नीलाई यतिबेला जनमुक्ति सेनाबाट स्वऐच्छिक अवकास लिएका उनका छोरा टेक बहादुर र तिहार मनाउन माइती पुगेकी छोरी प्रतिमाको निगरानीमा छन् ।
टेकबहादुर म्याग्दीको बेनी र पाल्पाको तिनजुरे घटनाका घाइते माओवादी कार्यकर्ता हुन भने प्रतिमा २०६० माघ २० गते सुरक्षाकर्मीको युनिफाइड टोलीको घेरामा परी घाइते भएकी जिल्ला तहकी महिला नेतृ हुन् । कम्मर र हातमा गोली लागेर घाइते भएकी प्रतिमा हाल द्वन्द्वकालमै भूमिगत भएका र उनलाई उद्धार गर्ने सल्यानका क्रान्तिकारी माओवादी नेता भीम भारतीकी पत्नी हुन ।
वेरोजगार भएपछि सल्यान छाडेर काठमाडौं आएका भीम ठमेलको एक एजेन्सीमा आवद्ध छन् । उनी नेपाल घुम्न आउने विदेशी पर्यटकका भारी बोकेर प्रतिमा र ६ महिने सन्तानलाई हुर्काइरहेका छन् । आधा वर्षालाई मात्र खान पुग्ने पाखो र थोरै  बारीले गर्जो टार्न मुश्किल परेपछि  कुकको तालिम लिएका पदम यसपाली दुवही वा क्यानडा जाने योजनामा थिए । ‘केही सातादेखी भिनाजु भिम भारतीलाई ४/५ लाख चाहिएको छ भन्दै भौतारिरहेका पदम गत शुक्रबार ग्यास सिलिन्डरको खोजीमा बासबारीस्थित भिनाजुको डेराबाट पैसा बोकेर निस्किएका थिए । संविधानसभाको चुनावका बेला बाग्लुङका ६ वटा गाविसमा वाइसिएलको जिम्मेवारी समेत सम्हालेका उनले त्यही दिन बेलुकी भृकुटीमन्डपमा माओवादीले आयोजना गरेको चियापानमा प्रचण्डलाई झापड हाने । ***

तपाईको प्रतिक्रिया