शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएर सहमतिको लागि मार्ग प्रसस्त गरे कांग्रेस सहमतिको सरकारको नेतृत्वसहित सबै विकल्पमा छलफल गर्न खुल्ला रहेको बताएका छन् ।
निजी निवासमा पत्रकारको देउसीटोलीसँग उनले अरु दलसँग छलफल नै नगरी प्रधानमन्त्रीले संविधानसभाको विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि दलहरुवीचको अविश्वास बढेर गएको दाबी गर्दै अब प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति हनै नसक्ने स्पष्ट पारे ।
कोइरालाले मुलुकलाई निकास दिने सहमतिभन्दा अर्को बाटो नभएकोले माओवादीले सहमतिको लागि आफूलाई खुल्ला गर्नुपर्ने भन्दै अहिले नै माओवादीले भने जस्तो प्रधानमन्त्रीको उम्मेदवारी तय गर्नुको कुनै औचित्य नहुने बताए ।
आफूहरु पूर्ण बजेट आउनुपर्ने पक्षमा भए पनि पूर्ण बजेट सहमतिमा आउनुपर्छ भन्ने मान्यतामा रहेकोले सरकारले एकतर्फीरुपमा ल्याउने बजेट कुनै पनि हालतमा स्विकार नहुने स्पष्ट पारे ।
माओवादीले नयाँ नयाँ प्रस्ताव ल्याउँदै त्यसलाई मान्न दवाव दिने गरेको उल्लेख गर्दै आफूहरु यथास्थितिमा माओवादीको कुनै पनि प्रस्ताव मान्न तयार नभएको बताए ।
कोइरालाले मंगलबार पनि २००७ सालमा प्रजातन्त्र रेडियोले क्रान्तिको पक्षमा तयार पारेको ‘नेपाली नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिई, देश नै धर्म हो, देशनै कर्म हो……’ बोलको गीत गाएर सुनाएका थिए । उनले पछिल्ला आमसभा तथा कार्यक्रममा यो गीत लय हालेर सुनाउन थालेका छन् । ***

तपाईको प्रतिक्रिया