शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
बिबी एयरवेजका अध्यक्ष भवन भट्टसँग नेपालवाणी नेटवर्कको वाणीबहसमा कुराकानी ।
किन केका लागि बीबी एयरवेजको अन्तर्राष्ट्रिय उडान ?
राष्ट्रको लागि आवश्यकता पूर्ति गर्न ।
यसका चुनौतीहरू पनि होलान नि ?
अप्ठ्यारा र चुनौतीहरू जुनसुकै व्यवसायमा हुन्छन् ।
नेपाल एयरलाइन्सको आवश्यकता पूरा गर्छ बिबी एयरवेजले ?
हामीले राम्रो व्यवस्थापन गर्न सक्यौं भने यसले आवश्यकता पूरा गर्नेछ । बीबी एयर नेपाल एयरलाइन्सको काउन्टरपार्ट बन्नेछ ।
सुरुवाती व्यापार कस्तो भयो ?
यो सिजनभरिका लागि हाम्रो उडान फुल छ ।
सरकारी एयरलाइन्सले गर्न नसकेको काम निजी क्षेत्रले गर्न सक्छ ?
व्यापारमा छिटो निर्णय गर्नुपर्ने हुन्छ । नेपाल एयरलाइन्सको हकमा एकदमै ठूलो संगठन तथा राष्ट्रले नै यसलाई संचालन गरेको हुनाले एकदमै सतर्क हुनुपर्छ । अनुभवलगायत धेरै कुरामा नेपाल एयरलाइन्स अगाडि छ । राजनीतिक स्थायित्व नभएको कारणले निर्णय लिने कुरामा ढिलाइ भएकाले नेपाल एयरलाइन्स पछि परेको हो ।
अन्तर्राष्ट्रिय उडानमा निजी क्षेत्र असफल भइरहेको अवस्थामा तपाईंको बीबी एयरवेज सफल हुनुपर्ने कारण के के छ ?
हिजोका दिनमा बैंकहरू पनि असफल थिए । निजी क्षेत्रको बैंकहरू अहिले धेरै राम्रो हुँदै गएको स्थिति छ । सबै कुरा काम गर्ने तरिकामा भर पर्छ । मेरो कर्मभूमि जापान हो । म त्यही अभ्यस्त भएको हुँ । यसको विशेषता भनेको सुरक्षा र सन्तुष्टि हो । एयरलाइन्सलाई नभइनहुने भनेको सुरक्षा हो । त्यहाँभित्रको ग्राहकलाई कसरी सन्तुष्टि दिने । म यी दुई कुरामा प्रतिबद्ध छु ।
सफलताको शिखर चढ्न सक्नुहुन्छ ?
यसलाई राम्रोसँग अपरेशन गरेर, नेपाली नागरिकको अन्तर्राष्ट्रिय हवाइ उडान चलिरहेको छ भन्ने मनस्थिति बनाउनु पर्छ ।
एनआरएन नेपालमा लगानी गर्न कत्तिको सफल भएका छन् ?
नेपालमा गर्ने लगानी विदेशमा गर्ने हो भने हामी त्यत्ति नै सुरक्षित छौं । तै पनि हामी त्यसलाई छोडेर यहाँ आएका छौं । हामीले नै सुरु गरियो भने भोलि आउनेलाई पुस्तालाई सजिलो हुन्छ । नेपालमा मैले गरेको लगानीबारे म सन्तुष्ट छु ।
नेपालमा लगानी गर्ने वातावरण बन्यो होइन ?
यो वातावरण पहिलादेखि नै बनिरहेको छ । दाल, भात, तरकारी र अचार तयार गरेर ल खानुहोस् भनेर त कसैले दिँदैन ।
एनआएरले कुरा ठूला काम कम गरेर भन्ने चर्चा छ नि ?
एनआरएनबाट सानो रूपमा लगानी त आइरहेको छ । हामी पहिलो पुस्ताको एनआरएन हौं, अर्बौ डलर लगानी गर्ने क्षमता भएका एनआरएन छैनन । छरिएर बसेका एनआरएनको पूँजीको अंश हामी एकत्रित गरेर लगानी गर्ने वातावरणका लागि म्युचिल फण्ड तथा सामूहिक लगानीको कम्पनी दर्ता गर्नका लागि सरकार उदार हुनुपर्छ ।
दोहोरो नागरिकताको मुद्दा कहाँ पुग्यो ?
एकपटकको नेपाली सधैँको नेपाली भन्ने कुरा हाम्रो हो । हामीले नेपाली नागरिकता त्याग्न नपरोस् भन्ने हो । अन्तर्राष्ट्रिय उदहरण हेरेर नेपाल सरकारले छिटै कार्यान्वयन गरोस् भन्ने हाम्रो माग हो । ***

तपाईको प्रतिक्रिया