बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

युएई – जनसम्पर्क समिति युएईले अक्टोबर ५ तारिख शुक्रबारका दिन एक कार्यक्रमका बिच पत्रकार खेमनाथ पौडेललाई सम्मान तथा बिदाइ गरेको छ ।

एक दशकदेखि युएइमा रहेर सामाजिक क्षेत्रमा साहित्य तथा पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीहरुको आवाजलाई बिश्व सामु पुरयाउन महत्वपूर्ण योगदान गर्नुभएको भन्दै पत्रकार पौडेललाई समितिले सम्मान गरेको समितिका सभापति चित्रबहादुर केसीले बताए । केसीकाअनुसार पत्रकार पौडेल यहिसाता नेपाल फर्कदै छन ।

जनसम्पर्क समिति बेलायतका निबर्तमान उपाध्यक्ष एकराज नेम्वाङको प्रमुख आतित्यतामा भएको सम्मान तथा बिदाइ कार्यक्रम समितिका महासचिब मीन रानाभाटको संचालन र समितिका सभापति चित्रबहादुर केसीले सभापतित्वमा सम्पन्न भएको थियो । सम्मानित पत्रकार पौडेलको आगामी यात्राको सफलताको कामना तथा युएइमा रहदा उहांले पुरयाउनुभएको सामाजिक सेवाको चर्चा गरिएको समितिका सचिब कृष्ण पौडेलले बताए ।

पौडेल युएईमा अनलाइन पत्रिकामा समाचार संकलन गर्ने पहिलो पत्रकारका रुपमा चिनिन्छन । उनि नेपाल पत्रकार महासंघ युएई शाखाको संस्थापक उपाध्यक्ष तथा बर्तमान समितिका सल्लाकार हुन । ***

 

तपाईको प्रतिक्रिया