शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं– नेपाली साहित्य क्षेत्रमा सर्वाधिक महत्वको मदन पुरस्कार यस वर्ष अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ कृतिलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको बैठकले एकल महिलाका विषयमा लेखिएको सो उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मदन पुरस्कारको राशि रु  २ लाख रहेको छ । त्यस्तै प्रामाणिक इतिहासको क्षेत्रमा उल्लेखनीय काम गरेर इतिहास लेखन विधालाई अघि बढाएकोमा इतिहास संशोधन मण्डललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गुठीले गरेको छ ।
यो पुरस्कारको राशि पनि रु २ लाख रहेको छ । दुवै पुरस्कार यही असोज २१ गते वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया