बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पेरिस – फ़्रान्समा बसोबास गरी आउनुभएका नेपाली दिदीबहिनीहरु बीच आपसी स्नेह तथा सहयोगको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले गत वर्षझै यस वर्ष सन् २०१२ आइतवार ०९ सेप्टेम्बर २०१२ का दिन पेरिसस्थित नेपाली राजदूतावासले तीज कार्यक्रमको आयोजना गरयो।

सो अवसरमा उल्लेख्य संख्यामा उपस्थित हुनुभएका दिदीबहिनीहरुले उमंग तथा हर्षोल्लासका साथ तीजको गीतहरुमा नाचगान गरी आपसी शुभकामना तथा खुशी साटासाट गरे ।

तीज नेपाली महिलाहरुको पावन अवसर भएकोमा आफ्नो छोटो मन्तव्य दिनुहुंदै फ़्रान्सका लागी नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले उपस्थित सबै दिदीबहिनीहरु तथा परिवारजनमा राजदूतावासको तर्फबाट सुख, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको लागी शुभकामना दिनुभएको थियो ।

करिव ६ घण्टा चलेको कार्यक्रममा राजदूत निवासस्थानका छिमेकी फ़्रेन्च महिलाहरु समेत स्वतस्फ़ुर्त रुपमा आउनुभै कार्यक्रममा सहभागी हुनुभएकोले सबैलाई सो कार्यले खुशी तुल्याएको थियो ।

राजदूत पत्नी श्रीमती सजना श्रेष्ठले पोते उपहार दिई पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो । सहचारीको श्रीमती भगवती खनालले सेलरोटी बनाउन सघाउनु भएको थियो ।

अन्तमा दर तथा नेपाली स्वादिष्ट परिकारहरु ग्रहण गरी सबै उपस्थित पाहुनाहरुले राजदूतावासबाट यसरी रमाइलो तीज कार्यक्रमको आयोजना गरी नेपाली दिदीबहिनीहरुमा उर्जाको सञ्चार गराएकोमा धन्यवाद व्यक्त गरेका थिए । नेपाली सँस्कृतिको एक महत्वपूर्ण पक्ष तीजको रमणीय कार्यक्रममा सहभागी दिदीबहिनीहरुले आफ्नो माईती आए जस्तै लागेको उद्गार पनि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया