बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सउल – यहि सेप्टेम्बर १ का दिन दक्षिण कोरियाको राजधानी सउलको सदेमुन स्थित नोङ्ह्यप जुङआङह्वे भवनमा आयोजित २२ औं ईल्गा अवार्ड समारोहमा नेपाली समाजसेवी पुष्पा बस्नेतलाई यस बर्षको ईल्गा यङ अवार्ड प्रदान गरियो । सन् १९८९ देखि प्रत्येक बर्ष आयोजना गरिएको सो अवार्ड समारोह अन्तरगत युवा

अवार्ड समारोह भने चौथो पटक गरिएको हो । ईल्गा फाउन्डेशन र गानाआन् कृषि बिद्यालयको संयुक्त आयोजनामा आयोजित सो समारोहमा पुष्पा बस्नेतका साथ कृषक ली थे गुन् र पास्चर वन् जु हीलाई पनि यस बर्षको ईल्गा अवार्डबाट सम्मानित गरिएको थियो भने सो समारोहमा नेपाली राजदूतका साथ सयौंको संख्यामा कोरियनहरु र १ दर्जन भन्दा बढी कोरियावासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

यस बर्षको अवार्ड ग्रहण गरेपछि पुष्पा बस्नेतले यो अवार्ड पाउनु मेरो लागि निक्कै सौभाग्य हो भन्दै यो अवार्डले मैले मेरा बालबालिकाहरुका लागि भबिष्यमा अझ बढी काम गर्न उत्साहित बनाएको बताइन् ।

 के हो ईल्गा अवार्ड  ?
कोरियन भाषामा ईल् भन्नाले एक भन्ने जनाउंछ र गाजोक भन्नाले परिवार । यसरी ईल् र गाजोकको गाबाट ईल्गा बनाइएको हो । यसको मतलब जो ब्यक्तले आफ्नो लागि भन्दा अरुका लागि सोच्ने र अरुको भबिष्यको लागि सेवा गरी सबैलाई आफ्नो परिवार जस्तो बनाउने कार्य नै ईल्गा हो । ईल्गाको परिकल्नाकार कीम योङ गी थिए जसले आफ्नो सम्पूर्ण जीवन देश र यहाँका जनताहरुका लागि बिताए । काम गर्न मन लाग्दैन भने खाना पनि नखाउ र तिमी एक छाक खान्छौ भने त्यसको बदलामा ४ घण्टा जुनै भएपनि काम गर भन्ने वाक्याँश उनी आफ्नो जीवनमा लागू गर्थे । यसरी आफ्नो देश र यहाँका जनताका लागि जीवन अर्पण गरेका उनको मृत्यु १९८८ मा भएको थियो र उनैका शुभचिन्तकहरु मिली सन् १९८९ मा उनको प्रेरणाबाट ईल्गा फाउन्डेशन र २ वटा कृषि बिद्यालय निर्माण गरेका थिए । हाल ईल्गा फाउन्डेशनलाई उनका कान्छी छोरीले चलाईराखेका छन् भने वन्जु स्थित कृषि बिद्यालय जेठो र सउलको सोङ्फा स्थित अर्को बिद्यालय माईलो छोराले चलाईराखेका छन् ।

 ईल्गा युवा अवार्डका बिजेता पुष्पाको सम्मानमा नेपालीहरुद्वारा सम्मान समारोहको आयोजना
सेप्टेम्बर २ आईतबारका दिन ईल्गा युवा अवार्डका बिजेता पुष्पा बस्नेतको सम्मानमा दक्षिण कोरियावासी नेपालीहरुले उनको भब्य सम्मान गरेको छ । नेपाल कोरिया न्युज डट कमको आयोजनामा गरिएको सो समारोहमा दक्षिण कोरिया स्थित बिभिन्न संघसंस्थाहरुले उनको प्रशंसा गर्दै सम्मान गरेका थिए । नेपाल कोरिया न्युज डटकमका सम्पादक गिरीराज कुँवरले संचालन गरेको सो कार्यक्रम नेपाल कोरिया न्युज डट कमका फोटो पत्रकार शरद महर्जनले आफ्नो स्वागत मन्तब्यबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गरेका थिए भने नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशीको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथि पुष्पा बस्नेत थिए । यसैगरि बिशेष अतिथिको आसनमा नेपाली सम्पर्क समितिका कावा अध्यक्ष शंकर बस्नेत त्यसैगरि अतिथिहरुमा सोन्सिकका अध्यक्ष ध्रुब भट्ट, वुमन फर वुमनकी उपाध्यक्ष जुनु गुरुङ, नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसी, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका कोषाध्यक्ष पुष्प लामिछाने र आदिवासी जनजाती महासंघका कावा अध्यक्ष भक्त शेरचन लगायतका बक्ताहरुले पुष्पा बस्नेतको यो प्रगति र उन्नत्तिको खुलेर प्रशंसा गरेका थिए ।

 क कसले पुष्पालाई सहयोग गरे ?
पुष्पा बस्नेतलाई थप हौसला दिनका लागि समारोहमा उपस्थित बिभिन्न संघसंस्थाहरुको तर्फबाट र ब्यक्तिगत तर्फबाट गरी करीब ४५ लाख ९३ हजार वन् संकलन भएको थियो ।  आर्थिक सहयोगको अलावा राप्तीका बिपिन रजौरेले उपस्थित सम्पूर्ण दर्शकहरुको माझ पुष्पा बस्नेतको संस्थालाई प्रत्येक महिना १ हजार रुपैया सहयोग गर्ने भनी घोषणा गरे भने आउंदो दशैंमा पुष्पा बस्नेतले पालिराखेका सम्पूर्ण बालबालिकाहरुलाई २ रात ३ दिनको निःशुल्क पोखरा भ्रमण गराउने भनी नेपाल कोरिया ब्यापार संघका मदन केसीले घोषणा गरेका थिए ।

पुष्पा बस्नेतद्वारा कोरियाका नेपाली समाजसेवीहरुलाई सम्मानः
यसैगरी  दक्षिण कोरियाका नेपालीहरुबाट आफुले भब्य सम्मान पाएपछि पुष्पा बस्नेतले पनि यहाँका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुले नेपाल र नेपालीहरुका लागि बिशेष कार्य गरे बापत सम्मान गरेका छन् । यसरी सम्मान पाउनेहरुको नामावली निम्नअनुसार रहेको छः

१.  यम श्रेष्ठः नेपाल योङ स्टार ग्रुपका अध्यक्ष पदमा रही ब्लड क्यान्सरले पीडित बालिका सरिता कार्कीलाई ५२ लाख सहयोग । त्यसैगरि कोरियामा मृत्यु भएका श्रवणराज पन्तका छोरीको शिक्षाका लागि १५ लाख वन् सहयोग गरे बापत ।

२.  गुरुज्यु नविन बज्राचार्यः नेवाः पुचको अध्यक्ष पदमा रही दक्षिण कोरियामा मनाइने बुद्ध जयन्तीको र्यालीमा नेपालीको प्रतिनिधित्व गर्न स्वयम्भू चैत्यको निर्माण गरेको । लुम्बिनी भ्रमण बर्ष २०१२ कोरिया उपसमितिका संयोजक रही दक्षिण कोरियाको बिभिन्न ठाउँहरुमा लुम्बिनीको फोटो प्रदर्शन गरी बुद्ध नेपालमा जन्मेको भनि प्रचार प्रसार गरेको ।

३.  रघु त्रिपाठीः पत्रकारिता मार्फत दक्षिण कोरियामा बसोवास गर्ने नेपालीहरुलाई सेवा गरे बापत । हेल्प नेपाल नेटवर्कलाई सहयोग गर्न दक्षिण कोरियाका नेपालीहरुलाई अग्रसर गरे बापत ।

४.  देबेन्द्र सम्बाहाम्फेः दक्षिण कोरियामा कान्तिपुर पत्रिकाको सम्बाददाता रही पत्रकारिता मार्फत दक्षिण कोरियाका कृयाकलापहरुलाई नेपालमा जानकारी दिलाए बापत ।

५. रामकाजी गुरुङः तमुधींको अध्यक्ष पदमा रही काठमाण्डौंको बालाजु स्थित आधुनिक दाहसंस्कार भवन निर्माण गर्न सहयोग गरे बापत ।

६. बिनोद कुँवरः एन आर एनको अध्यक्ष पदमा हुंदा नेपाल हाउसको थालनी गरेको । दक्षिण कोरियाका बिभिन्न संघसंस्थाहरुलाई सहयो गरे बापत ।

७. भक्त शेरचनः २००९ मा तत्कालीन थकाली सेवा समाजको अध्यक्ष पदमा हुंदा आयोजना गरेको थासाङ साँगीतिक सौगात कार्यक्रम सफल बनाई संकलित नाफाको ५० प्रतिशत कोरियाका अपाङ्गता भएका नेपालीहरुलाई प्रदान गरे बापत ।

८. गंगा थापा श्रेष्ठः दक्षिण कोरियाको छाता संस्था नेपाली सम्पर्क समिति मार्फत क्रमशः कोषाध्यक्ष र उपाध्यक्ष भई समाज सेवा गरे बापत ।

९.  वुमन फर वुमनः दक्षिण कोरियामा दुःख पाएका महिलाहरुको हक हितका लागि महिला आवास गृह निर्माण गरे बापत । अध्यक्षको अनुपस्थितीमा संस्थाका
उपाध्यक्ष जुनु गुरुङलाई सम्मान ।

१०. आस्था बिन्दु मल्लः कोरियामा अध्ययन गर्ने बिद्यार्थीहरुको साझा संस्था सन्सिकको पहिलो महिला अध्यक्ष बन्न सफल । सन्सिक मार्फत
महिलाहरुको अग्रसरतालाई उदाहरणीय बनाए बापत ।

११. यादव कुँवरः अन्तरराष्यट्रिय नेपाली तेक्वान्दो संघका अध्यक्ष भई नेपालमा सम्पन्न राष्ट्रब्यापी तेक्वान्दो प्रतियोगिता सफल हुनमा कोरियाबाट सहयोग गरेको । क्यान्सर पीडित सहायक बरिष्ठ मुख्य प्रशिक्षक नन्दकुमार राईलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार कार्य गरिरहे बापत ।

१२. शंकर बस्नेतः दक्षिण कोरियाका नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिको बिभिन्न पदमा रही कोरियाका नेपालीहरुलाई सेवा गरे बापत ।

१३. सुकबहादुर थापाः राप्ती सम्पर्क मञ्चको अध्यक्ष पदमा रही राप्ती अञ्चल अस्पतालाई सहयोग गरे बापत ।

१४. ध्रुब भट्टः पुष्पा बस्नेतलाई ५ लाख ११ हजार वन् सहयोग गरे बापत ।

१५. मदन केसीः पोखराको सहारा क्लबलाई बिभिन्न माध्यमबाट सहयोग गरी देशको खेलकुद क्षेत्रको बिकासमा मद्दत पुरयाए बापत । आगामी दशैंमा पुष्पा
बस्नेतका सम्पूर्ण बालबालिकाहरुलाई २ रात ३ दिनको निःशुल्क टुर गराउने घोषणा गरे बापत ।

१६.  पुर्ण काउचाः बाग्लुङ सम्पर्क समितिद्वाराको अध्यक्ष पदमा रही धौलागिरी अञ्चल अस्पतालमा नेपाली रु ५ लाखको बिशेष स्वास्थ्य सेवा अक्षय
कोषको निर्माण गरे बापत ।

यसका अलावा दक्षिण कोरियामा उल्लेखनीय कार्य गर्ने थप केही संघसंस्थाहरु रहेको भएको जानकारी गराउँदै समयको अभावमा सम्मान गर्न नसकेकोमा नेपाल कोरिया न्युजले क्षमा माग्दै आउने दिनहरुमा पनि समाज सेवामा अग्रसर हुने ब्यक्तिहरुलाई सम्मान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया