बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – वरिष्ठ लेखक गोविन्दबहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित ‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०६९’ लक्ष्मी उप्रेतीद्वारा लिखित किशोर उपन्यास फ्ल्याव्याकको जिन्दगीलाई प्रदान गरिने भएको छ ।सो पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ ।

किशोर साहित्यको टड्कारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यता हटाउन सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ वरिष्ठ साहित्यकार एवम् समाजसेवी जलेश्वरी श्रेष्ठले पुरस्कारका लागि रु. दुइ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।

केटाकेटी नेपालको संयोजनमा यो पुरस्कार यसै वर्षबाट वितरण गर्न लागिएको हो ।

किशोरकिशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणादायी भूमिका निर्वाह गरी उनीहरूलाई साहित्यिक रसस्वादन गराउन समर्थ उत्कृष्ट कृतिको पाण्डुलिपिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने केटाकेटी नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया