बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पेरिस – नेपाल पत्रकार महासंघ युरोप च्याप्टरको पेरिसमा भएको प्रथम अधिवेसनले महेश थापाको अधक्षतामा नयाँ समिति चयन गरेको छ। युरोपेली मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मीहरु सम्मिलित उक्त अधिवेशनले पुरानो तदर्थ समितिका अधक्ष ददी सापकोटालाइ संरक्षकमा चयन गरेको छ।

अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अधक्ष शिव गाउँलेले शुभकामना दिँदै प्रवासमा पनि सञ्चारकर्मी बढ्नु उत्साहप्रद भएको भन्दै विदेशमा सिकेका कुराहरुलाइ स्वदेश उपयोगी बनाउनु पर्नेमा जोड दिएका थिए। नेपालको विकट कर्णालीका जिल्लामा कार्यरत पत्रकारहरुको क्षमता वृद्धि तालिमका लागी युरोप च्याप्टरसँग सहयोग गर्न समेत उनले अग्राह गरे।

यसै गरी फ्रान्सका लागी नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले पत्रकारले कलम चलाउँदा मर्यादित हुनुपर्नेमा जोड दिए। बीबीसी नेपाली सेवाका भगीरथ योगी, बेलायतमा कार्यरत पत्रकार चिरन शर्मा र शशि पौडेल लगायतले नयाँ समितिलाई प्रवासमा नयाँ संभावनाको खोजी गर्नुपर्नेमा जोड दिएका थिए। नयाँ समिति १३ सदस्यीय रहेको छ। अधिवेशनको आयोजना गर्न फ्रान्समा रहेका विभिन्न नेपाली संस्थाहरुले सहयोग गरेका थिए।

नंया कार्यसमितिको संरक्षकमा दधी सापकोटा, अध्यक्ष – महेश थापा, बरिष्ठ उपाध्यक्ष – लक्ष्मण देवकोटा, उपाध्यक्ष -पुष्प बरुवाल, सचिव -प्रकाश ढकाल , सहसचिव -जंगम खड्का, कोषाध्यक्ष -अनुराधा पौडेल चयन भएका छन भने सदस्यहरुमा निराजन श्रेष्ठ, टेक नेपाली, सरस्वती कार्की, बिनोद घिमिरे, विनोद खकुरेल, दिपज्योती पौडेल चयग भएका छन । यसैगरी केन्द्रिय पार्षदहरुमा ओम शर्मा, डिल्लीराम अमाई, सुर्दशन सिमखडा, भिम केसी, बाबुराम भुसाल चयन भएका छन । ***

तपाईको प्रतिक्रिया