शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
मोनिका दाहाल, नायिका
मोनिका दाहाल सिन्धुली घर भई हाल कपनको सरस्वतीनगरमा बस्दै आइरहेकी छिन् । केही चलचित्र र टेलिश्रृंखलामा अभिनय गरेकी उनी कलाकारिता लाई नै पेशा बनाउन रुचाउँछिन् । ब्रिलियन्ट कलेजमा स्नातक पढ्दै गरेकी उनी चलचित्र, अध्ययन र व्यवसायलाई सँगै लाने बताउँछिन् । चलचित्रमा केही नराम्रो कुरा हुन्छ भन्ने थाहा छ तर त्यसबाट बच्ने प्रयास गरेकी छिन् उनले । सेक्सलाई सामान्य मान्ने उनी सेक्सको दुरुपयोग हुनु हुँदैन भन्छिन् । ‘सेक्स प्रकृतिको नियम हो यसलाई तोड्नु हुँदैन, यो नै तोडेपछि महिलाको के अर्थ रह्यो र ? उनी भन्छिन् “चलचित्रमा यस्तो प्रस्ताव आउने गरेको सुनेको छु, मैले त्यस्तो व्यहोरेको छैन र यस्ता कुरालाई मान्दिन पनि ।” उनीसँग कलाकारिताको बारेमा गरेको कुराकानीः
० कलाकारिता के हो ?
 समाजको वास्तविक चित्रलाई नक्कल गर्ने एउटा माध्यम कलाकारिता हो ।
० किन कलाकारितामा लाग्नु भयो ? 
समाजलाई चेतना दिनका लागि यो क्षेत्रमा लागेको हो ।
० अहिले सम्म के के गरिसक्नु भयो ?
केही चलचित्रमा काम गरेकी छु । थोरै भए पुगिसरी र मृगतृष्णा टेलिश्रृंखलामा खेलेकी छु । “लभ इज लाइभ, ब्ल्याक नाइट, रुद्राक्ष, नाइट क्वीन, सुरक्षा गार्ड, धर्मयुद्ध, बर्षात्, मैले अभिनय गरेका चलचित्र हुन् ।
० कलाकारितामा लाग्दा कस्तो अनुभव भयो ?
राम्रै अनुभव भएको छ । केही हुन्छ कि भनेर यो क्षेत्रमा लागेकी हुँ । कलेजमा एउटा प्रोग्राम हुँदा मेरो अभिनय देखेर यसक्षेत्रमा लाग्ने अफर आयो । म गाउँमा हुँदा पनि सडक नाटक गर्थेँ । हिजो कसरी अभिनय गर्नुपर्छ भन्ने थाहा थिएन तर आज केही जान्ने भएकी छु ।
० परिवार र समाजले कसरी हेरेको छ ?
समाजले त कसरी हेरेको छ थाहा छैन परिवारको भने ‘सपोर्ट’ पाएको छु ।
० चलचित्र क्षेत्रलाई त्यति राम्रो मान्दैनन् नि ?
त्यो त मान्छेको सोच हो । कसैलाई राम्रो लाग्न सक्छ कसैलाई नराम्रो ।
० आलोचना पनि भइरहन्छ नि ?
पर्दाभित्र त अनेक गल्ती भइरहन्छन् । हिरो हिरोइनको कुरा मात्र बाहिर आउँछ ।
० नायिकाको नाम निर्माता, निर्देशकसँग जोडिन्छ नि ?
अहिलेसम्म मेरो नाम जोडिएको छैन । सायद जोडिँदैन होला, म त्यस्तो कुरामा विश्वास गर्दिन ।
० निर्माता निर्देशकले फँसाउन खोजेका छैनन् ?
अहिले कसैले त्यस्तो प्रस्ताव गरेको छैन । त्यो त आफूमा भर पर्ने कुरा हो । जर्वजस्ती गर्न खोज्छन् भने त्यो राम्रो होइन ।
० ग्ल्यामर के हो ?
ग्ल्यामर भनेको कलाकारिता प्रस्तुत गर्ने एउटा माध्यम हो । जेमा पनि ग्ल्यामर दिन सकिन्छ । पोशाकमा मात्र दिनुपर्छ भन्ने छैन । छोटो लुगा लाउँदैमा ग्ल्यामर हुन्छ भन्ने लाग्दैन ।
० तपाई कतिसम्मको पोज दिनुहुन्छ ?
ठिक्क खालको समाजलाई पच्ने खालको दिनुपर्छ । आजभोलि त त्यस्तै माग बढी छ । लभ इज लाइभमा टु पिस लाएर आइटम डान्स गरेकी छु । आफूलाई चित्त नबुझ्ने दृष्य हुँदैन ।
० अंग प्रदर्शन के हो ?
अंग प्रदर्शनलाई समाजले रुचाउँदैन । तर दर्शक भने त्यस्तै चाहना गर्छन् । चलचित्रमा धेरै अंग प्रदर्शन गर्नु राम्रो होइन । कतिपय हिरोइनको बाध्यता पनि हुनसक्छ । ब्रा र पेन्टी लगाउँदा मात्र सेक्सी होइन्छ भन्ने लाग्दैन ।
० नग्न तस्वीर दिनुपर्यो भने ?
त्यस्तो त दिन सक्दिन । म बच्चा पनि होइन । अरुलाई नै त्यस्तो भन्नु भनेर सल्लाह दिन्छु ।
० बेडसिन दिनु भएको छ ?
नाइट क्वीनमा त्यस्तै छ । यस्तो दृष्य दिँदा डर लाग्यो ।
० सेक्स के हो ?
सेक्स प्रकृतिको नियम हो । यसलाई तोड्नु हुँदैन । जुन कुरामा आनन्द आउँछ त्यसैलाई सेक्स भनिन्छ ।
० कसैकसैले तोडेका पनि छन् नि ?
आवश्यकता अनुसार तोडेका हुन सक्छन् । तर महिलाको मुख्य सम्पत्ति नै गोप्यता हो । यसको पनि अर्थ सद्धिएपछि बाँच्नुको के अर्थ रह्यो र?
० सेक्सको अनुभव ?
छैन । म यसैमा घमण्ड गर्छु । मैले गल्ती गरेको छैन । विवाहपछि मात्र सेक्स हुनुपर्छ भन्ने लाग्छ । कसैले तोड्छन् भने मेरो भन्नु केही छैन ।
० विवाह नगर्ने ?
अझै ४–५ वर्ष गर्दिन ।
० केटाको मन पर्ने अंग के हो ?
आँखा मन पर्छ ।
० ओठ ?
ओठ मन पर्दैन । कोहिकोही केटाहरु चुरोट पनि खान्छन् ।
० केटाले केटीको कुन अंग हेर्छन् जस्तो लाग्छ ?
शायद अनुहार नै हेर्छन् होला ।
० अभिनयमा चुम्बन गर्नुभएको 
छ ?
ढाँट्नु हुँदैन, फिल्ममा चुम्बन खाएकी छु । ‘लिप किस’ मात्र हो ‘टङ किस’ होइन । लिप किस र टङ किसमा फरक छ । लिप किस गरेजस्तो मात्र हुन्छ, छोइन्छ, टङ किसको कुरै बेग्लै हो ।
० किस गर्दा कस्तो लाग्यो ?
म आफैलाई नरमाइलो लाग्यो । बाध्यताले मात्र त्यस्तो गरेकी हुँ ।

तपाईको प्रतिक्रिया