शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – बिबि एअरवेजमा लगानीको अवसरका लागि ऋणपत्रको बिक्री खुल्ला गरिएको थाहा हुन आएको छ ।

बिबि एअरवेज जापानको टोकियोबाट काठमाडौ सिधा उडान गर्न लागेको निजी लगानीको पहिलो एक मात्र एअरवेज कम्पनी हो। जसले आगामी अक्टोवर १३ तारिख देखि टोकियोको नारिताबाट काठमाडौ सिधै उडान शुरु गर्ने भएको छ। जसको बुकिङ्ग आउँदो सेटेम्बर १३ तारिखबाट शुरु हुदैंछ । बिबि एअरवेजको बिमान नारिताबाट विहानको साढे एघार बजे उडेर सोहि दिनको साँझ साढे पाँच बजे काठमाडौमा अवतरण गर्ने छ भने काठमाडौंबाट राती २३:’३० बजे उडेर भोलिपल्ट विहान ९;३० बजे टोकियो नारिता आईपुग्ने कुरा सो कम्पनीले जनाएको छ ।

बिबि एअरवेज कम्पनीले गैरआवासीय नेपालीहरुलाई ३० प्रतिशत ऋणपत्र बिक्रि गर्ने नीतिअनुसार सो ऋणपत्र खरिद गर्न चाहने ब्यक्ति वा कम्पनीले कम्पनीको होमपेज www.bbairways.sc मा गएर  पुरा जानकारी लिन सकिने बिबि एअरवेजले जनाईएको छ । ***

तपाईको प्रतिक्रिया