शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो (जापान)– जापानको क्योटो सिटी नजिकैको एक खोलामा डुबेर मृत्यु भएका नेपाली नागरिक श्यामबहादुर बोहोराको शवको पोस्टमार्टपछि प्रहरीले बुझाएको छ ।

गल्कोट हटिया बोहराफाँट घर भइ हाल जापानको क्योटो फु फुकुचियामा९सी एकिमायचो १४०-३ स्थित इन्डियन रेष्टुरेन्ट नमस्ते किचनमा काम गर्दै आएका श्यामबहादुर बोहरा शुक्रबार साथीहरुसँग पौडी खेल्न गएको बेला खोलामा डुबेर बेपत्ता भएका थिए । उनको शव हराएको १२ घण्टापछि शनिबार फेला परेको थियो ।
बोहराको शव पोस्टमार्टमका लागि शनिबार नै प्रहरीको जिम्मा लगाइए पनि विशेष कारणवस रिर्पोट आएको थिएन । स्थानीय प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि शव सम्बन्धित पक्षलाई आइतबार बुझाएको हो ।
यसैबीच गल्कोट समाजले आइतबार दिउँसो ४ बजे क्योटो फुकुचियामा सी एकिमाए  १४०-३० मा उपस्थित हुन आहृवान गरेको छ । १४ महिना अगाडि जापान आएका मृतक बोहराको नेपालमा श्रीमती र २ सन्तान छन ।
कामका लागि जापान आएका एक दर्जनभन्दा बढी नेपालीले कालगती र आत्महत्या गरी ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया