शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
टोकियो – क्योटो सिटी नजिकैको खोलामा पौडी खेल्न गएका बागलुङ गल्कोटका एक नेपालीको डुबेर मृत्यू भएको छ ।
गल्कोट हटिया बोहराफाँट घर भइ हाल जापानको क्योटो फु फुकुचियामा-सी एकिमायचो १४०-३ स्थित इन्डियन रेष्टुरेन्ट नमस्ते किचनमा काम गर्दै आएका श्यामबहादुर बोहरा शुक्रबार साथीहरुसँग पौडी खेल्न गएको बेला खोलामा डुबेर बेपत्ता भएका थिए । उनको शव हराएको १२ घण्टापछि शनिबार फेला परेको गल्कोट समाज जापानको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा उल्लेख छ ।
बोहराको शव पोस्टमार्टमका लागि प्रहरीको जिम्मा लगाइएको छ । पोस्टमार्टम रिपोर्ट आइतबारमात्रै आउने समाजले जनाएको छ ।
गल्कोट समाजले आइतबार दिउँसो ४ बजे क्योटो फुकुचियामा सी एकिमाए  १४०:३० मा उपस्थित हुन आहृवान गरेको छ ।
१४ महिना अगाडि जापान आएका मृतक बोहराको नेपालमा श्रीमती र २ सन्तान छन ।
थप जानकारीका लागि समुद्रपारि डट कमसँगै रहनुहोला ।
तस्बिरमा देखिएको खोलामा बोहरा डुबेका थिए ।

तपाईको प्रतिक्रिया