मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

सम्पूर्ण तयारी पुरा,  डा. पौडेल प्रमुख अतिथि

टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले भोलि शनिबारको दिन टोकियोमा १४७ औ मोती जयन्ति मनाउने भएको छ । जापान भ्रमणको सिलसिलामा जापान आउनुभएका बरिष्ठ साहित्यकार डा. खुमनारायण पौडेलले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुहुने कुरा आयोजकले बताएका छन् ।

टोकियोको आसागायास्थित एक नेपाली रेष्टुरेन्टको सभाहलमा सांझ ५ बजे बाट डिनरसहित हुन गईरहेको साहित्यिक कार्यक्रममा सहभागिताको निम्ति अनेसास जापानले साहित्यमा रुची राख्ने र साहित्यलाइ माया गर्ने सबैलाइ रचनासहित उपस्थितिको लागि अनुरोध गरेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कुरा पनि आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले बताउनुभयो ।

स्मरणरहोस, हरेक ३-३ महिनामा आफ्ना साहित्यिक कार्यक्रमहरु नियमितरुपमा आयोजना गर्दै आइरहेको अनेसास जापानले नेपालबाट साहित्यकार तथा स्रस्टाहरु आएको मौका छोपेर पनि साहित्यिक जमघटको अवसर मिलाउदै आएको छ ।

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी : 
कार्यक्रम- मोती जयन्ति
मिति – २५ अगष्त शनिबार
समय – सांझ ५ बजे
स्थान- आसागाया स्थित नमस्ते हिमाल रेष्टुरेन्ट (०३५-३७३-३०७०)
रेलमार्ग – जेआर सोबु लाइनको आसागाया स्टेशन
थप जानकारीको लागि
प्रकाश पौडेल माइला – ०८०-४१५५-३१३२ श्रवण सत्याल, ०९०-६१७३-२६५३, पुष्करजंग थापा – ०९०-८८१०-९०१४

तपाईको प्रतिक्रिया